निति, नियत र नेतृत्व

समाजमा राजनीतिक र नेतृत्वप्रति नाक खुम्च्याउनेको संख्या बढ्दो छ । जानकारहरू भन्छन्, यो पुस्ताको नेतृत्वबाट देश विकास सम्भव छैन । न त यिनीहरूले समयसापेक्ष नीति निर्माण गर्छन् न त हरेक दलका नेतृत्वहरूको नियत देश र जनताको हितमा काम गर्ने इच्छाशक्तिबाट निर्देशित छ । विज्ञहरूको मत छ, हाम्रा नेताहरू अदूरदर्शी, अक्षम र निकम्मा भए । यिनीहरू आप्mना गुट र उपगुटहरू चलाएर बसेका छन् । यस्तो नेतृत्व आजको समाजका लागि भद्दा मजाक हो । बुद्घिजीवीहरू भन्छन्, चेतनाको गुलाम नभएसम्म सक्षमहरूले कुनै पनि राजनीतिक नियुक्तिका पदहरूमा पुग्न पाउँदैननन् । राजनीतिक नेतृत्वले आपूmले जस्तो काम गरे तापनि हात मोल्ने र हवस् बोल्ने व्यक्तिलाई अवसर दिने गर्नाले हरेक क्षेत्र कमजोर भएको अवस्था छ । योग्यता र क्षमताको कदर नगर्ने नेतृत्व भएकाले योग्यहरूले अवसर नै पाउन सकेका छैनन् ।

माथि उल्लेखित विचारहरूले देशको राजनीतिक नेतृत्व र यिनीहरूको नियतको उजागर गर्छन् । सत्ता र भत्ताका लागि सास रहुन्जेल टाँसिने राजनीतिक संस्कृतिका कारण नयाँ पुस्ता नेतृत्वमा पुग्न सकेको छैन । त्यसो त अहिलेको नयाँ पुस्ता भनिनेहरू पनि राजनीतिक स्वार्थ र गुटमा रमाउने चरित्रको भएको विश्लेषकको ठहर छ । जनतामा अशिक्षा, गरिबी र अभाव हुनको फाइदा राजनीतिले लामो समयसम्म लिइरहेको छ । दलको शीर्ष भनिने एक÷दुई जना व्यक्ति एवं व्यक्तित्वको सनकका भरमा दलहरू चलेका छन् । एकातिर दूरगामी असर पर्ने राष्ट्रिय निर्णयहरू पनि नेता विशेषका सनकका भरमा हुने गरेको अवस्था छ भने अर्कोतिर दलका कार्यकर्ताहरूले आप्mना नेताहरूको गुलाम गर्ने, जे भने तापनि ताली बजाएर हौसाउने गरेका छन् । राजनीतिमा कार्यकर्ताहरूले आपूmलाई चित्त नबुझे तापनि विरोध गर्न नसक्ने संस्कृति लामो समयदेखि विद्यमान छ । एकातिर कार्यकर्ता र आसेपासेहरू अवसरवादी हुनु र अर्कोतिर नेपाली समाजमा शैक्षिक चेतनाको अभाव हुन नै नेताहरू लाटा देशका गाँडा तन्नेरी भएको अवस्था छ । यसरी हेर्दा समाज सचेत नभएसम्म लोकतन्त्र, गणतन्त्र, जनतन्त्र जे भनिए तापनि देशविकास र जनहितमा राज्यले प्रभावकारी काम गर्न नसक्ने पुष्टि भइसकेको छ ।

नयाँ पुस्ता भनिनेहरू पनि राजनीतिक स्वार्थ र गुटमा रमाउने चिन्तनद्वारा ग्रसित हुन पुगेका छन्

विश्वजगत्को राजनीतिक र सामाजिक अवस्थाको अध्ययन गर्दा राजनीतिक परिवर्तनका लागि बौद्घिक क्रान्ति भएको पाइन्छ । तर, हाम्रो देशको सन्दर्भमा बौद्घिक क्रान्तिबिना नै राजनीतिक क्रान्ति भयो । सीमित नेताहरूको एजेन्डालाई जनताले साथ दिए । समर्थन गरे । जनताहरू भोट बैंक बनिरहे । तसर्थ, राजनीतिक विकृति अत्यन्त बढेर गयो । नेतृत्वमा पुग्नेहरू जुन आए पनि कानै चिरेकाजस्ता भए । फरक ढंगले काम गर्न सकेनन् । लोभ, लालच, आर्थिक लाभ र पदका पछाडि लाग्नेहरूको तँछाड मछाडको अवस्था भयो । स्वार्थ मिल्दा कुनै राजनीतिक दर्शन वा विचारको पालना भएन । स्वार्थ वा फाइदा नमिल्दा गाली गल्लौज, इष्र्या र असमझदारी बढेर गयो । लोकतन्त्रका ३१ वर्ष यसरी नै बिते । यसबाट के बुभ्mन सकिन्छ भने समाजमा शैक्षिक चेतनाको कमी रहेसम्म लोकतन्त्र आवरणमा आए तापनि आचरण र व्यवहारमा लागू हुन सक्दो रहेनछ ।

हाम्रो देशका शीर्षतहमा पुग्ने नेतागणहरूले नेपाली जनताको गरिबी, अभाव र विभेदका समस्यालाई चुनावी एजेन्डा बनाउँछन् । राजनीतिक भाषण र भनाइहरूमा पनि समाजका समस्याको उठान हुने गर्छ । जानकारहरूबाट चुनावी एजेन्डा लेखाएर दशकांैसम्म उही भिजनलेस नेतृत्वले चुनाव जितेको छ । समाजमा भ्रष्टाचार, वेभिचार, अनियमितताजस्ता कुरा बढिरहेका छन् । मुलुकमा न गुणस्तरीय शिक्षा छ न त स्वास्थ्य सेवा नै । महँगीले जनताको ढाड सेकिएको छ । महँगी नियन्त्रणका लागि राज्यको पहल शून्य छ । जनहितका लागि कुनै पनि सरकारले काम गरेको पाइँदैन । यसरी हेर्दा नेतृत्वको नियत नै अस्थिर राजनीति बनाएर यसको फाइदा लिई रहने नियतबाट गाइडेड भएजस्तो अनुभूति हुन्छ । मुलुकमा जताततै समस्या नै समस्या छन् । सधैं देशलाई कुइरोको काग जस्तै अल्मलाई रहने, झुठको राजनीति गर्ने, जनतालाई ढाँटी रहने, देशको ढुकुटीबाट आर्थिक दोहन गरी रहने नेतृत्व रहेसम्म विकास, सुशासन र समृद्घि सम्भव छैन ।

दलहरूले राजनीतिक परिवर्तनहरूमा जनतालाई अल्मलाई रहे । मुलुकमा सात दशकमा धेरैपटक राजनीतिक आन्दोलन भए । दुई÷दुईपटक संविधान सभाको निर्वाचन भयो । संविधान बन्यो । गाउँगाउँमा सिंहदरबार भनियो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घरदैलोमा सेवा र सविधाको पहुँचको विगुल फुकियो । तीन तहको सरकार बनाइयो । ७५ वटा जिल्लालाई बढाएर ७७ वटा पु¥याइयो । विकास गर्ने संयन्त्रका नाममा स्थानीय, प्रदेश र संघीय सरकार बनाउने काम भयो । परन्तु अहिले यी संरचना सेतो हात्ती भएका छन् । सबै राजनीतिक परिवर्तन र विकेन्द्रीकरणको संरचना देश विकास र जनताको समृद्घिका लागि भनिएको थियो । यसो हुन सकेन । नेता, नियत र नेतृत्वका कारण नै मुलुकका समस्या ज्यूँका त्यूँ रहे । बेरोजगार विकराल समस्या बन्यो । युवा विदेश पलायन भए । सक्षमले नेतृत्व पाएनन् । हरेक क्षेत्रका विज्ञको विज्ञता उपयोग हुन सकेन । फलतः मुलुक झन्पछि झन् कमजोर हुँदै गयो ।

नेतृत्वको नियत बदल्न नागरिक दबाब सिर्जना गर्दै गलत नियत भएको नेतृत्वलाई निर्वाचनबाटै पाखा लगाउन सक्नुपर्छ

हाम्रो देशको सन्दर्भमा देशको बागडोर समालेको व्यक्तिमा शासकीय क्षमता र देश विकासको मार्गचित्र नहुनु दुर्भाग्य हो । नेतृत्वमा देशका संयन्त्रलाई सञ्चालन गर्ने प्रशासनिक नेतृत्व क्षमताको जरुरी हुन्छ । ठीक र बेठीकका आधारमा निर्णय लिन सक्ने विवेकको खाँचो हुन्छ । देशका नीतिनियम फेरबदल गर्न, योजना बनाउन, निर्णय गर्न र गराउन, अपराधीलाई दण्ड दिन, भ्रष्टलाई कारबाही गर्न, हरेक क्षेत्रका समस्या समाधान गर्न सक्ने प्रशासनिक क्षमताको खाँचो हुन्छ । नेतृत्वमा यही क्षमता नहुनु नेपाली राजनीतिको विडम्बना हो ।

मानिस हिँड्नका लागि गोरेटो चाहिएझैं देश विकास गर्नका लागि प्रस्ट मार्गचित्र चाहिन्छ । प्राथमिकताका आधारमा विकास योजना तर्जुमा गर्न र कार्यान्वयन गर्न जरुरी हुन्छ । नेतृत्वमा देश र जनतालाई मनमस्तिष्कमा राखेर काम गर्ने इच्छाशक्ति चाहिन्छ । जनपक्षीय र राष्ट्रपक्षीय कार्य गर्ने दृढता चाहिन्छ । विकास गर्न लोभ, लालच र स्वार्थलाई त्याग्न सक्ने लोकतान्त्रिक मन चाहिन्छ । विधिको शासनमा देशलाई हिँडाउने कठोर निर्णय गर्न सक्ने क्षमता चाहिन्छ । परन्तु, हाम्रो नेतृत्व तहमा उल्लेखित क्षमताको कमी छ । रंग र ढंगबिना नाच्न जान्दैन आँगन टेढो भनेझैं विकासका गीत कति गाइरहने ? जनताकाको मत पाएर राज्यको बागडोरमा पुग्ने तर उनीहरूको पक्षमा काम नगर्ने नेतृत्व नै देश विकास र सुशासनका बाधक हुन् । नेपालीहरूको भाग्य र भविष्यका अवरोधक हुन् । त्यसैले नेतृत्वमा पुगेको राजनीतिक पंक्तिकोे चेत र चिन्तनमा परिवर्तन आजको आवश्यकता हो ।

‘भत्किएको घरको बिग्रिएको चाला’ भने झैं देश जताततै लथालिंग भएको छ । भताभुंग भएको छ । सिद्घान्तः प्रजातान्त्रिक मुलुकमा नागरिक बलिया हुन्छन् भनिन्छ । नागरिक नै देशका शक्ति हुन् भन्ने गरिन्छ । किन्तु, नेपालमा नागरिक होइन नेता बलिया भएका छन् । गरिब देशका सम्पन्न व्यक्ति भएका छन् । नेता बन्नका लागि कुनै योग्यताको किटान नभएको हाम्रोजस्तो देशमा असक्षम नेताहरू जनतालाई भोटको माध्यम बनाएर देशको स्रोत र सम्पत्तिमा हालीमुहाली गर्ने ठालु भएका छन् ।

अन्त्यमा राजनीतिक व्यक्ति एवं व्यक्तित्व बदलिन जरुरी छ । समाजले पनि ठीक र बेठीक छुट्टयाउने चेतनाको विकास गरोस् । भ्रष्ट जनप्रतिनिधि कर्मचारी वा अन्य कुनै पनि व्यक्ति वा व्यक्तित्वलाई सामाजिक बहिष्कार गरोस् । बिग्रिएको राजनीतिक संस्कार, खल्बलिएको सांस्कृतिक र सामाजिक सद्भावमा सुधार गर्न सामूहिक पहल गरौं । नेतृत्वको नियत बदल्न नागरिक दबाब सिर्जना गरौं । गलत नियत भएको नेतृत्वलाई निर्वाचनद्वारा पाखा लगाआंै ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण