बालिकालाई धम्कि दिएर याैन कार्य

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न होटलमा बालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने काम अझै हट्न सकेको छैन । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले हालै मात्र यसरी बालिकालाई घरेलु कामदारका रूपमा राखी डर त्रास देखाएर यौन कार्यमा समेत लगाएको तथ्य फेला पारेको छ ।

बालमैत्री शासन, बाल यौन शोषणविरुद्धका विभिन्न अभियान तथा प्रहरी र सामाजिक संस्थाको सक्रियतामा बालबालिकालाई घरेलु कामदारमा लगाउन नहुने भनेर सचेतनामूलक कार्यक्रम गरिए पनि कार्यान्वयन हुन नसकेको सो तथ्यले पुष्टि गर्छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नेवारी खाजा घरमा एक बालिकालाई यसरी यौन कार्यमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–४ घर भई ललितपुर बस्ने नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

उनीलगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ । बालिकालाई उनीहरूले घरसमेत जान नदिई कोठा तथा अन्य गेस्ट हाउसमा पु-याएर दैनिक तीनदेखि पाँच जनासम्म शारीरिक सम्बन्ध गाँस्न लगाएको प्रहरीको आरोप छ ।

उनीहरूले होटलमा प्रहरी निरीक्षणमा आउँदा भने हामी आफ्नो स्वेच्छाले होटलमा काम गर्न आएको भन्न लगाउने गरेकोसमेत खुलेको छ । यसरी जबरजस्ती रूपमा यौनकार्यमा लगाइएकी ती बालिकालाई गत २५ भदौमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको थियो ।

त्यसपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ज्ञवालीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप तथ्य बुझ्ने कार्य जारी राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी