जुम्लाको तापक्रम माइनस ५ डिग्रिमा झर्यो, जनजीवन प्रभावित


जुम्ला । हिमाली जिल्ला जुम्लामा चिसो बढे सँगै जनजिवन प्रभावित हुन थालेको छ । मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो समेत बढेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार न्युनतम तापक्रम माइनस ५ डिग्रि सेल्सियसमा झरेको छ । ह्वात्तै चिसो बढेपछि विशेषगरी बालबालिका र जेष्ठ नागरिकहरु लाई सकस हुन थालेको छ ।

चिसो बढे सँगै यहाँका नागरिक हिंउद कटाउने दाउरा, तातोलुगा को बन्दोबस्तमा जुटेका छन् । चिसो हिउँद बिताउन असोज महिनाको बेमौसमि बाढीले बगाएर थुपारेका दाउरा संकलन गरिरहेको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मीका स्थानीय हरि बहादुर कुँवरले बताए । ‘यो वर्षको बाढीले सबै बगायो, दाउराको लागी भने हाइसुख भएको छ, गाउँ छेवैमा थुपारेको दाउरा अहिले संकलन गर्ने काम भइरहेको छ ।’ उनले भने ।

भेरिखोला क्षेत्रका दर्जज बढी गाउँमा अहिले हिउद कटाउने दाउरा संकलन गर्ने चटारो भएको स्थानीय राजु रावतले बताए । यसै गरि मेसिनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । चिसो बढेपछि मानिसहरु बाक्लो कपडा लगाउने,न्यानो गर्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । चिसो बाट विद्यालय क्षेत्र समेत प्रभावित भएका छन् । कोरोनाका कारण लामो समय बन्द भएका विद्यालय अहिले सञ्चालनमा छन् । तर चिसो बढ्दै जाँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बिहान ११ बजे खुुलेका विद्यालय बेलुका ३ बजे नै बन्द गर्नुपर्ने बाध्यता रहेको ऋणमोक्ष माद्यमिक विद्यालय पातारासी ४ डिल्लीचौरका प्रधानाध्यापक हरि बहादुर बुढाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी