काठमाडौं । भक्तपुर जिल्लाका किसानले धानको क्षतिपूर्ति पाउने भएका छन् । भक्तपुरका किसानले चाइनिज डीवाई २८ जातको हाइब्रिड धान बीउ रोप्दा धानमा दाना नै लागेका थिएनन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसानले खेतमा रोपेको धानमा दाना नलागेपछि कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
प्रतिरोपनी २ हजार २ सय ५० रुपैयाँ क्षतिपूर्ति दिने नार्कले निर्णय गरेको बाग्मती प्रदेशका राष्ट्रिय कृषक समूह नेपाल महासंघका अध्यक्ष विजय तामाङले जानकारी दिए । उनले चाइनिज डीवाई २८ जातको हाइब्रिड धानको रोप्दा २ हजार रोपनीमा रोपेको खेतमा दाना नै नलागेको बताए ।
चाइनिज डीवाई २८ जातको हाइब्रिड धान रोप्दा भक्तपुरका किसानको धानमा दाना नलागेको समाचार मिडियामा आएपछि नार्कले डीवाई २८ जातको हाइब्रिड धानको बीउ बिक्री गर्ने कम्पनीलाई क्षतिपूर्ति दिलाउने निर्णय गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
उनले बिहीबार नार्कमा बसेको बैठकले कर्ममा परेका क्षतिपूर्ति दिलाउने निर्णय गरेको बताए । यसैगरी, उनले नगरपालिकाले पनि धानमा दाना नलागेर कार्ममा परेका किसानलाई आलु र गहुँ बालीका लागि राहतमा बीउबिजन दिने बताए । धानमा दाना नलाग्दा किसान धेरै कर्ममा परेका थिए, ‘अध्यक्ष तामाङ क्षतिपूर्ति पाउने भएपछि किसान खुसी भएका छन् ।
भक्तपुरका जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डीवाई २८ जातको हाइब्रिड धान रोपेका थिए । अध्यक्ष तामाङ भने, ‘सो जातको हाइब्रिड धानको बीउ रोपेको खेतमा एउटा पनि दाना नआएपछि किसान मर्कामा थिए ।
नगरपालिका, कृषि ज्ञान केन्द्रसँग क्षतिपूर्तिका लागि ठूला पहलपछि अहिले नार्कले डीवाई २८ जातको हाइब्रिड धान बिक्री गर्न कम्पनीलाई क्षतिपूर्ति दिलाउने भएपछि सबै किसान हर्षित भएका छन् ।
भक्तपुरका किसानले विगत चार वर्षदेखि डीवाई २८ जातको धान रोपी पर्याप्त धान उत्पादन गरी रहेका थिए तर यसपटक भने डीवाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि किसान चिन्ता पारेका थिए । अध्यक्ष तामाङले नगरपालिकाले हिउँदो बालीलाई बीउ र नार्कले प्रतिरोपनी २ हजार २ सय ५० रुपैयाँ दिने निर्णय भएपछि किसान खुसी भएका बताए ।