देउराली टिम च्याम्पियन

काठमाडौं । नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा नेपालका युनिक राना मगर तथा महिलामा नेपालकै याउजुमा लामा उत्कृष्ट खेलाडी घोषित भए । भारतकी प्रतिभा सुरेश जाधव अनुशासित खेलाडी चुनिइन् ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । २० स्पर्धा समावेश दुईदिने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो