जाडोमा मर्निङ वाक

नवलपुरका हरि शर्मा गत हप्ता महेन्द्र राजमार्गमा मर्र्निङ वाक गर्दै गर्दा काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको रात्रि बस दुर्घटनामा परे । कानमा एअर फोन लगाई एकाबिहानै बिहानी हिँडाइमा हिँडेका हरिले बस आएको पनि थाहा पाएनन् भने बसले बाक्लो हुस्सुले राजमार्ग किनारैकिनार मर्निङ वाकमा हिँडेका हरिलाई देखेन । त्यसो त कानमा एअरफोन लगाई समाचार, संगीत सुन्दै मर्निङ वाक हिँड्ने जुनसुकै मौसममा पनि दुर्घटनामा परेका समाचार निरन्तर सुनिरहन्छ ।

मंसिर दोस्रो सातादेखि माघसम्म अस्पतालमा चिसोजन्य तथा यस्ता दुर्घटनामा पर्ने रोगीहरूको चाप बढ्छ । तथापि, यस वर्ष केही छिटो जाडो बढेको छ र पहिलेभन्दा बढी हुने मौसमविद्को आँकलन छ । गर्मीमा औषधिले नियन्त्रित हुने मधुमेह, उच्चरक्तचाप, मुटुरोग जाडोमा नियन्त्रण नभएर झनै खतरनाक हुन्छ । जाडोको मौसममा स्वास्थ्यमा ध्यान नदिँदा तथा बिनाहोसियारी मर्निङवाक गर्दा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुक्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्छ । अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त हुन्छन् ।

हिँडाइका फाइदा
स्वाभाविक क्रिया हिँडाइ वा डुलाइको स्थान अन्य अभ्यासले प्रतिस्थापन गर्न सक्दैन जसमा शरीरका सम्पूर्ण अंगप्रत्यंग उपयोग हुन्छन् । चाहे बच्चा होस् वा जवान तथा वृद्ध जुनसुकै उमेरका स्वस्थ मात्र नभई रोगीले समेत उस्तै आनन्द लिन सक्ने अभ्यास हो हिँडाइ । कुनै खर्च, तालिम तथा दक्षताको आवश्यक नपर्ने अभ्यास हिँड्नु हृदय तथा श्वासप्रश्वास रोगीलगायतले क्रमिक रूपमा दूरी र गति बढाउन सक्छन् । यसका लागि जरुरत पर्छ त केवल जाँगर, चेतना, मौसमअनुसारको पोसाक, आरामदायी जुत्ता तथा स्वच्छ वातावरण ः हिँडाइको आनन्द ठूलो सहर होस् वा गाउँ, चोक, मैदान वा साना गल्ली र गोरेटो, एक्लै वा साथीसँग समूहमा हिँडेर लिन सकिन्छ । मानसिक रूपमा आघात भएको व्यक्तिले डुल्नु अति आवश्यक छ । त्यसैगरी, शारीरिक रूपमा बढी तौल भएका व्यक्तिले दैनिक हिँड्नैपर्छ ’cause दैनिक हिँडाइले अत्यधिक भोकको मात्रामा कमी ल्याउने गरेको प्रमाणित भएको छ ।

जाडोमा गरिने मर्निङवाकले अनियन्त्रित मधुमेह, उच्चरक्तचाप, मुटुरोगलाई नियन्त्रण गर्न सहयोग पु-याउँछ

कडा परिश्रमको अभ्यासभन्दा हिँड्नु लाभदायक हुन्छ । भौतिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा हिँडाइबाट जीवन फलिभूत हुन सक्छ । हिँडाइले हामीलाई श्वास प्रश्वास र मुटुको सञ्चालन स्वस्थ बनाउँछ, शारीरिक र मानसिक तनाव हटाउँछ । बसेर काम गर्दा पिँठ्यू र घाँटीका मांशपेशी सञ्चालन गर्न र तनावरहित गराउन मद्दत गर्छ । हिँडाइको अभ्यास दैनिक रूपमा गरेमा रक्तसञ्चारमा वृद्धि गरी पाचन क्रिया, मुटु, मिर्गाैलाको क्रिया र विचार गर्ने शक्ति बढाउँछ ।

दैनिक हिँडाइले उच्च रक्तचाप घटाउँछ तर रक्तचाप ठीक अवस्थामा भएकामा भने कुनै असर देखाउँदैन । हिँडाइले शरीरमा भएका काम गर्न अल्छी मान्ने मांसपेशीलाई कार्यशील बनाई मानसिक तनाव घटाउँछ जसले गर्दा मस्त निद्रा आउँछ । दैनिक हिँडाइले कोषिकाको कार्य बढाई रोगसँग लड्ने शक्ति बढाउँछ ।

दिनहँु पैदल हिँड्दा मानसिक विकार, स्ट्रोक, क्यान्सरसहित २ दर्जन रोगको खतरालाई कम गर्न सकिन्छ । ओस्टोपोरिसिस, मधुमेह, डिप्रेसन, मोटोपना, उच्चरक्तचाप, क्यान्सरजस्ता रोगको खतरा कम हुन्छ । नियमित मर्निङवाकले क्यान्सर रोक्छ, स्मरण शक्ति बढ्छ, मांशपेशी स्वस्थ रहन्छ । छाला स्वस्थ हुन्छ, कोलेस्ट्रोल नियन्त्रण हुन्छ, मोटोपना कम गर्छ, राम्रो हर्माेन प्राप्त हुन्छ । आजको बेफुसर्दी जीवनमा मानिसको भीडभाड, दिनभरिको हल्लाखल्लाबाट एकतर्फी बनाई कुनै विषयको ध्यान गर्ने, चराहरूको चिरबिरबाट आनन्द लिन पनि हिँडाइ सहायकसिद्ध भएको छ ।

मर्निङ वाकले शरीरको स्टामिना र शारीरिक शक्ति र मांसपेशीको क्रियाशीलता बढाउँछ तर यसका लागि नियमितता सबैभन्दा महत्वपूर्ण कुरा हो । रहरै रहर र लहैलहैमा मर्निङवाक सुरु गरेर बीचमा छोड्नेहरू वा अनियमित तरिकाले गरिने मर्निङ वाकले फाइदा गर्दैन । रातभरि काम गर्ने र दिनभरि सुत्नेका लागि उठ्नेबित्तिकै हिँड्नु राम्रो हुन्छ । आफ्नो काम र फुर्सदको समय मिलाएर शरीरलाई गतिशील बनाइराख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । शारीरिक स्पूmर्ति तथा स्वास्थ्यका लागि बिहानीपखको हिँडाइ ‘मर्निङ वाक’ गर्नेलाई वायु प्रदूषणले असर पारी स्वास्थ्यमा ठूलो हानि पु¥याइरहेको हुन सक्छ ।

दैनिक कति व्यायाम ?
शारीरिक गतिविधि र दीर्घायुबीचको सम्बन्ध’bout बृहत्स्तरमा भएका नयाँनयाँ अध्ययनले सही प्रकारले शारीरिक गतिविधि गर्दा मृत्युको जोखिम ७० प्रतिशतले कम हुने देखाएका छन् । १० हजार महिला र पुरुषमा वर्षौंदेखि भएको अध्ययनमा दैनिक सही प्रकारले शारीरिक क्रियाकलाप गर्नेमा उक्त ७० प्रतिशत मृत्यु जोखिम घट्ने पाइएको हो । तर, सीमा बढी व्यायाम भए हानिकारक रहने पनि उजागर भएको छ । सीडीसी २०१८ को अध्ययनमा ४० देखि ७० वर्षका अमेरिकी नागरिकको मृत्युमध्ये १० प्रतिशत मृत्यु न्यून व्यायामको परिणाम मानेको छ ।

शरीरलाई स्वस्थ तथा स्फूर्तिपूर्ण बनाउन र भएगरेका दीर्घकालीन रोगलाई नियन्त्रणमा राख्न मर्निङवाक जरुरी छ

सन् २०१९ को युरापियन अध्ययनमा २ दशकको निष्क्रियताले नर्वेमा युवा नागरिकमा मृत्युको जोखिम दोब्बर गरिदिएको देखाएको छ । वैज्ञानिकले स्टेप काउन्ट र मृत्युदरबीच बलियो सम्बन्ध देखाएको छ । सहभागी दैनिक ७ हजार पाइला हिँड्ने पुरुष र महिलाको मृत्यु हुने सम्भावना ५० प्रतिशत कम थियो । ९ हजार बढी दैनिक हिँड्नेमा असामयिक निधन ७० प्रतिशत कम थियो । तर, १० हजार कदम पुग्दा मृत्युदरमा खासै परिवर्तन देखिएन । दैनिक १० हजार स्टेप चाल्नेमा कम्तीमा ७ हजार पाइला हिँड्नेमा भन्दा कमै मात्र लामो आयु बाँचेको देखिएको छ । म्यासाचुसेट विश्वविद्यालय र अर्काे मायो क्लिनिकका खोजले ७ देखि ८ हजार पाइला हिँड्ने वा ४५ मिनेट दैनिक व्यायाम गर्दा लामो आयु हुने सम्भावना प्रबल छ ।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण ल्याउँछ । चिसोले रगत बाख्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छ । तब रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्टेरोल जम्छ । धमनी साँघुरो र असमतल हुन्छ र रक्त आपूर्ति अपुग भई छाती वा मुटु दुख्छ ।

रक्त धमनी साँघुरी मस्तिष्कमा आघात भए पक्षाघात, अंगहरूमा भए अंगघात हुन्छ । तसर्थ, जाडोमा छिटो पच्ने र भोक लाग्ने भएकाले जथाभावी जे पायो त्यही खानपान गर्न हुँदैन । मद्यपान, धुमपान छुनै हुँदैन । मर्निङवाक बिहानै नभई वातावरण तातेपछि ९÷१० बजेतिर मात्र गर्नुपर्छ ।

अन्तमा, बिहान सबेरै र साँझ परिसकेपछि स्वच्छ वातावरणमा बाहिर घुमफिर गर्नुपर्छ । सवारी साधन गुडिरहेका सडकमा, धुम्रपान भएको क्षेत्रमा हिँड्डुल नगर्दा नै राम्रो हुन्छ । साथै, घरभन्दा बाहिरको वातावरण प्रदूषित छ भने घरभित्रै व्यायाम गर्नुपर्छ । गतिशीलताका लागि पनि दैनिक जीवनमा आफ्नो बानीमा परिवर्तन जस्तै टेलिभिजन हेर्दा रिमोटको प्रयोग नगर्ने, पानी पिउँदा आफंै भान्सामा गई ल्याउने, बिहान दूध आफंै किन्ने, चुकल खोल्ने, टेलिफोन सेट टाढा राख्ने बानीले पनि शरीरको गतिशीलमा कायम हुन्छ । शरीरलाई स्वस्थ तथा स्फूर्तिपूर्ण बनाउन र भए गरेका दीर्घकालीन रोगहरूलाई नियन्त्रणमा राख्न मर्निङवाक जति जरुरी छ, त्यति नै जाडोमा सचेतनाको जरुरत छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी