काँग्रेस अधिवेशनः नगरमा देव र झाबीच कडा टक्कर

राजविराज । कांग्रेससले आइतबार राजविराज नगरपालिकाको नगर अधिवेशन गरेको छ । अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनकै माध्यमबाट नगर नेतृत्वको चयन गर्न लागिएको हो ।

गुटगत राजनीतिको प्रभावका कारण सहमति नहुँदा निर्वाचनमा जानु परेको काँग्रेसका नेता कार्यकर्ताको भनाई छ । क्रियाशिल सदस्यता विवाद टुङिगएर सबै वडाको विवाद टुङ्गिएर वडा वडामा सबै जसो गुटका उम्मेदवार निर्वाचित हुँदा सहमति हुन नसकेको र मतदान प्रक्रियाबाटै नगर अधिवेशन टुङ्गयाउनु पर्ने स्थिती आएको काँग्रेसजनको भनाई छ ।

नगरमा चयन भएका वडाको नेतृत्व र क्षेत्रिय प्रतिनिधिमा देउवा–नीधि र पौडेल निकटका लगभग बराबरी प्रतिनीधि जितेकाले नगर चुनावमा कडा प्रतिष्पर्धा देखिएको हो । जिल्ला निर्वाचन अधिकृत डा. रुद्र शर्माले साँझ ४ बजेदेखी मतदान सुरु भई राती अबेरसम्म चल्ने र मतगणना सोमबारदेखी मात्र गरिने कार्यक्रम तय भएको जानकारी दिए ।

निर्वाचनमा नगर नेतृत्वका लागि ध्रुब देव र आनन्द झा प्यानलसहित चुनावी मैदानमा छन् । दुबै एक अर्कालाई पराजित गरेर जित आ–आफ्नो पोल्टामा ल्याउन बिहानैदेखी मतदान स्थलमा खटेर मतदातासँग आफू र आफ्ना प्यानलका लागि भोट मागिरहेको देखिन्थे ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी