हाफ म्याराथन अर्को महिना

काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला) र फरक क्षमता भएका व्यतिmको लागि ह्विल चेयर गरी ६ विधा समावेश गरिएको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए । हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान १ लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । १० किलोमिटरको विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचांै हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् ।

५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्नेछ । ह्विलचेयरको विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ ।

म्याराथनमा करिव २ हजारको सहभागिता रहने अनुमान गरिएको छ । म्याराथन दशरथ रंगशालाबाट सुरु भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुँदै सोही रुट फिर्ता हुँदै दशरथ रंगशालामा आएर टुंगिनेछ । प्रतियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अन्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रूपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी