अस्कर कलेजले दुई दिने फिल्म फेस्टिभल गर्दै

काठमाडौं । काठमाडौको फिल्म कलेज अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले १० र ११ मंसिरमा चलचित्र विकाश बोडको हलमा फिल्म महोत्सब गर्ने भएको छ । अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको कलेजका प्रिन्सिपल रामराजा दाहालले बताएका छन् ।

दाहालका अनुसार फिल्म प्रदर्शनसँगै महोत्सबमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल दाहालले जनाएका छन् ।

फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म प्रदर्शन गरिने छ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा