यसपाली पनि भच्र्युअल रुपमै नेपाल मानव अधिकार चलचित्र महोत्सव सुरु

काठमाडौं । नवौं नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव सोमबारबाट सुरु भएको छ । कोरोनाको सँक्रमण अझै जारी रहेका कारण बिगतको वर्ष जस्तो यो वर्ष पनि यस फिल्म महोत्सबलाई भच्र्युअल रुपमा अनलाईनबाट सुरु गरिएको आयोजक पक्षले जनाएको छ । केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ । कोभिड–१९ को कारण बदलिएको परिस्थितीलाई मध्यनजर गर्दै नवौं नेपाल मानवअधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सव अनलाईनको माध्ययमबाट सुरु गरिएको पनि आयोजक पक्षले बताएको छ ।

६ मंसिरबाट सुरु भएको यो महोत्सब ९सम्म हुने पनि आयोजक पक्षले जनाएको छ । यो महोत्सबमा यसपटक २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र चलचित्रहरु देखाइने छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।

यस महोत्सवमा चयन भएका चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट मार्फत प्रत्यक्ष प्रदर्शन गरिएको छ । महोत्सव सुरुभएको दिन देखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने ब्यबस्था आयोजक पक्षले मिलाएको छ ।

महोत्सबको पहिलो दिन सोमबार ९ वटा लामा छोटा फिल्म प्रदर्शन गरिएको छ । यो फिल्म अनलाईन मार्फत मँगलबार बिहानसम्म हेर्न पाईने छ । त्यसपछि बुधबारको सुचीमा परेका फिल्मको प्रदर्शनी सुरु हुने छ ।

कार्यक्रममा चलचित्र प्रर्दशन संगै मानव अधिकारकर्मी र कलाकर्मीहरुसँग अन्र्तक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरु पनि गरिँदै आएको छ । महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका, जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्र्तक्रिया तथा छलफल पनि गरिनेछ । त्यस्तै ‘ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने ? ’bout मास्टरक्लासको पनि आयोजना गरिने छ ।

महोत्सवमा अन्तराष्ट्रिय बिधामाका चलचित्रहरुको पर्दशनमात्र गरिएको छ । नेपाली बिधाका चलचित्रहरु बीच प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्शन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरि पुरस्कार घोषणा गर्ने छ । चलचित्र महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी