निर्देशक रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित

इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् ।

तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले सबै भन्दा थोरै मत पाइन् । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिधिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाएकी छिन् ।

इलामको चुलाचुली पुख्र्यौली घर भएकी रिनाशा केहिसमय अघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् भने उनले सयौ गीतमा कोरियाग्राफरको रुपमा काम गरेकी छिन् । उनले ‘डान्सिङ्ग वीथ स्टार’ नामको टेलिभिजन शोमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् । कोरियोग्राफर तथा चलचित्र निर्देशक रिनाशाको घर इलामको चुलाचुली गाउँपालिका ४ आइत’bout हो ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी