नेपाल्स सिङ्गिङ सुपरस्टारका विजेतालाई २५ लाख

काठमाडौं । नेपालमा एक पछि अर्को गर्दै रियालिटी शोहरु थपिने क्रम जारी छ यसै क्रममा ’नेपाल्स सिङ्गिङ सुपरस्टार’ हुने भएको छ । यो रियालिटी शोलाई इमेज टिभीले प्रशारण गर्दैछ ।

यो रियालटी शोलाई भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्न लागेको हो । नेपाल्स सिङ्गिङ सुपरस्टारमा संगीतिक क्षेत्रमा संघर्षरत गायक÷गायिका तथा दुर्गममा रहेका प्रतिभालाई स्थान दिइने यो रियालिटी शोका निर्देशक रवि श्रेष्ठ बताएका छन् ।

२५ श्रृखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख रुपैयाँ प्राप्त गर्ने पनि कार्यक्रमका निर्देशक श्रेष्ठले बताएका छन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुने पनि उनले जानकारी गराएका छन् ।

रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी