महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगे


चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली बिहीवार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् । एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी