मुगुको कथामा दीपन्द्रको घुईँचो

काठमाडौं । मुलुकमा चिसो बढ्दै गए पनि चलचित्र निर्माणको घोषणा र छायाँकनमा उत्साह सुरु भएको छ । यसै क्रममा निर्देशन दीपेन्द्र लामाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।

लामाको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘घुईँचो’को काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो फिल्म मुगुको कष्टकर जीवन कथामा निर्माण हुँदैछ ।

काठमाडौंको एउटा पाँचतारे होटलमा निकै ताम झामका साथ घुईँचोको निर्माण घोषणा गरिएको छ । कलाकारलाई आई मास्कमा कार्यक्रम स्थलमा प्रस्तुत गरिदा हलिउडको साइन्स फिक्सन फिल्मको घोषणा हुँदै गरेको जस्तो महसुस सञ्चारकर्मीले गरेका थिए । घोषणा समारोहमा फिल्मका नायक नायिका आउँदै गर्दै उनीहरुमाथि फुलगुच्छा वर्षाउँदै स्वागत गरिएको थियो । चलचित्रमा ग्रामिण पीडाका कथा उठाउने भए पनि घोषणा कार्यक्रम निकै तामझामबीच गरियो ।

दीपेन्द्र लामाका अनुसार निर्देशनको हिसाबले उनको यो पाँचौं चलचित्र हो । यो चलचित्रलाई हास्य प्रधान शैलीमा निर्माण गर्ने उनले बताएका छन् । चलचित्रको नायकमा कुन्साङ बम्जन र नायिका एलिजा गौतम चयन भएको कार्यक्रममा घोषणा गरिएको छ । बाँकी कलाकारको चयन कार्य जारी रहेको निर्देशक लामाले बताएका छन् ।

यो चलचित्रको छायांकन यही माघको पहिलो साताबाट कर्णालीका दैलेख, जुम्ला र मुगुमा गरिने पनि निर्देशक लामाले बताएका छन्, ‘गाउँका पात्रहरुका सुखदुःखलाई कमेडी शैलीमा प्रस्तुत गरिने यो फिल्म सोसियल ड्रामा जनराको रहनेछ । यसपटक मैले मध्यपश्चिमको जीवन शैलीलाई फिल्ममा उतार्न लागेको छु ।’ निर्देशक लामाले चलचित्र निर्माण घोषणा सभामा बताएका छन् । यो फिल्मलाई रामजी दैलेखीले निर्माण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी