नागढुंगा–कलंकी सडकमा अकासे पुल बन्ने

काठमाडौं । काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा अकासे पुल बन्ने भएको छ । संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले अकासे पुल निर्माण गर्ने भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा अकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि अकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । नगरपालिकाले नागढुंगामा प्रवेशद्वार निर्माण गर्ने योजनासमेत अघि सारेको छ । प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको जनाएको छ । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगा–कलंकी सडकखण्डमा सीसीटिभीसमेत जडान गर्न लागेको जनाएको छ । सीसीटिभी जडानसँगै उक्त सडकखण्डमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज हुनेछ ।

नगरपालिकाले सीसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको बताइएको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा–८ मा १५ शøयाको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।

भर्खरै सञ्चालनमा आएको अस्पतालमा बर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउन नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको छ । सो नगरपालिका बाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका भएको बताइन्छ । नगरपालिकामा १५ वडा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार