जसलाई नारी दिवसले छोएन

दैलेख । जिल्ला सदरमुकाम तथा गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा यसको कुनै रौनक देखिएन । राउटे महिला नारी दिवस’bout बेखबर छन् । सरकारी कार्यालय एवं गैरसरकारी संघसंस्थाले नारी दिवस’bout जानकारी नगराउँदा ती समुदायका महिला यस’bout अनविज्ञ भएका हुन् ।

राउटे महिलामा पुरुषको भन्दा बढी अधिकार छ । राउटे पुरुष काठका भाँडासँग अन्न साटेर घर ल्याउँछन् । तर, राउटे महिला भने घरको आन्तरिक व्यवस्थापनमा सर्वेसर्वा मानिन्छन् । उनीहरू खाना बनाउने, तरकारी जोहो गर्ने र घर सफा राख्ने काममा खटिएका हुन्छन् । पुरुषले कोसी, खाट र झुमा बनाएर गाउँघर डुल्ने र सिकार गर्छन् । ‘कोसी बनाउन आउँदैन, आईमाईले कोसी बनाउने होइन, यो लोग्नेले मात्र बनाउँछन्,’ विधुवा मेरु शाहीले भनिन् ।

नेपालमा ११०औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा ५७ वर्षीया गुमी शाही खानाको जोहोका लागि कोसी लिएर गाउँघर डुल्दै थिइन् । उनी बेलुकाको छाक टार्न अन्न नहुँदा जोहो गर्न व्यस्त थिइन् ।

‘कोसी बनाउन आउँदैन । भतिजोले बनाइदिएको कोसी लिएर धानका लागि गाउँतिर जान लागेको,’ कहिल्यै नमाँझेका पहेँला दाँत देखाउँदै उनले भनिन् । राउटे बस्तीमा यस्ता जानकारी गराउँदा यो समुदायले केही सिक्न सक्ने ठाटीकाँध गाउँपालिका–६ छत्रबहादुर थापाले बताए ।

राउटे समुदायमा महिलालाई साँचो कुरा बोल्न बन्देज गरिएको छ । महिलासँग साँचो कुरा बोल्दा कहिलेकाहीँ काम भएन भने उनीहरू दुःख मान्छन् । ‘काम भइसकेपछि मात्र भन्नुपर्छ,’ राउटे महामुखिया महिनबहादुर शाहीले भने । महिलाले गैरराउटे पुरुषसँग कुरा गर्न रुचाउँदैनन् । जनचेतना जगाई यस्तो अधिकार’bout जानकारी गराए राउटे महिलामा सुधार आउन सक्ने उनीहरूको भनाइ छ ।

‘महिलाको जात हुँदैन, केटाकेटीको बुद्धि हुँदैन र रोटीको टाउको हुँदैन, त्यसैले राउटे महिलासँग साँचो कुरा नभन्नू भन्ने पुर्खाबाट चलिआएको चलन हो, हामीले त्यही कुरा मानिरहेका छौं,’ अर्का राउटे मुखिया सूर्यनारायण शाहीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल