प्रेमगीत ३ र कठपुतलीले पनि तोके रिलिज मिति

काठमाडौं । बिदेशी सिनेमाले नेपाली हलमा राम्रो ब्यापार गर्न थालेपछि नेपाली चलचित्रका निर्माताहरुले आफ्नो फिल्म रिलिजको लागि धमाधम घोषणा गर्न थालेका छन् । पुसको पहिलो साता देखि चैत सम्म रिलिजका लागि ६ वटा नेपाली चलचित्रले गत साता मिति तोकिसकेका छन् ।

यसै क्रममा बिहिबार अरु दुई वटा नेपाली चलचित्रले पनि आफ्नो प्रदर्शनीको मिति तोकेका छन् । चलचित्र कठपुतली र चलचित्र प्रेमगीत ३ ले आफ्नो प्रदर्शनी मिति तय गरेका हुन् ।

अभिनेता प्रदीप खड्का अभिनित प्रेमगीत ३ आगामी १३ फागुनबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्म २०७६ चैत २८ मा रिलिज गर्ने घोषणा गरिएको थियो । तर कोरोना सँक्रमणका कारण त्यतिबेला यो चलचित्र रिलिज हुन सकेन । प्रदर्शन रोकिएको दुई वर्ष पछि बल्ल यो चलचित्रका निर्माताले यतीबेला रिलिजको मिति फेरी तय गरेका हुन् ।

अझै कोरोनाको त्रास यथावतै रहे पनि चुनौती मोलेर आफुले यो चलचित्र रिलिज गर्न लागेको यसका निर्माता निर्देशक सन्तोष सेनले बताएका छन् । यो चलचित्र हिन्दी र नेपाली दुई भाषामा बनेको छ । हिन्दीमा बनेको प्रेमगीत ३ भने नेपालमा प्रदर्शन भएको केही समयपछि मात्र भारतमा रिलिज गर्ने पनि सेनले बताएका छन् । यो फिल्मलाई भारत रिलिजकोलागि ४ करोडमा बिक्री गरिएको हो । भारतमा रिलिजको ’bout छलफल गर्न निर्देशक सेन अहिले मुम्बईमा छन् ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक–नायिकाको रुपमा डेब्यू गर्दैछिन् । स्वं. छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यो चलचित्रमा राजेश श्रेष्ठको छायाँकन रहेको छ ।

यस्तै चलचित्र कठपुलतीको रिलिज मिति १५ पुषलाई तोकिएको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर यो चलचित्र रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ । विभिन्न अन्तराष्ट्रिय अवार्ड जित्न सफल यो चलचित्र नयाँ वर्षसँगै तमु ल्होसारको अबसर पारेर सार्वजनिक गर्न लागिएको यसका निर्देशक भिमसेन लामाले बताएका छन् ।

यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको मुख्य भूमिका रहेको छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको यो फिल्मलाई जोएल फ्रुमले खिचेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार