पूर्वमन्त्रीलाई हराउदै कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार रार्ई विजयी 

खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार रार्ई विजयी भएका छन् । सभापति राईले ६ सय ६९ मत प्राप्त गर्दै जिल्ला सभापतिमा निर्वाचित भएका हुन । 

प्रतिद्धन्द्धी उम्मेद्धार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्र्दैै राई जिल्ला सभापतिमा निर्बाचित भएका हुन् । सभापतिका अर्का उम्मेद्धार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईले ६ सय १० मत पाएका छन् । कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा शुक्रबार सकिएको मत गणनाको नतिजा अनुसार सभापति राईको सम्पूर्ण प्यानल नै निर्वाचित भएका छन् । 

यस्तै जिल्ला उप–सभापतिमा ईवन राई र तीर्थराज भट्टरार्ई विजयी बनेका छन । निर्बाचित उप–सभापति राईले ७ सय ५३ मत र भट्टरार्ईले ७ सय ४२ मत प्राप्त गर्दै जिल्ला उप–सभापतिमा निर्बाचित भएका हुन् । उप–सभापतिका अर्का उम्मेद्धार मनोज तिम्सिनाले ५ सय ४३ र राजन सैंजुले ३ सय ८४ मत पाएका छन ।

यस्तै सचिबमा समिर राई र ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन । सचिब राईले ७ सय १३ र जोशीले ६ सय २० मत प्राप्त गर्दै जिल्ला सचिबमा निर्बाचित भएका हुन । सचिबका अर्का उम्मेद्धार राम कुमार राईले ५ सय ११ र रोजन राईले ५ सय ५३ मत पाएका छन । यस्तै सह–सचिबमा साजन राई र सालिकराम बञ्जरा निर्बाचित भएका छन । सह–सचिब राईले ६ सय २४ र बञ्जराले ५ सय ९३ मत प्राप्त गर्दै सह–सचिबमा निर्बाचित भएका हुन । सह–सचिबका अर्का उम्मेद्धार ध्यान बहादुर राईले ५ सय ६४ र राजकुमार राईले ५ सय ७७ मत पाएका छन । जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट १३ सय ७३ प्रतिनिधि चुनिएकामा १३ सय २२ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी