कोरोनापछि जुर्मु-याउँदै पोखरेली नाटक

पोखरा । कोरोना महामारीपछि पोखरेली नाट्य क्षेत्र पुनः जुर्मु¥याउन थालेको छ । पोखरा थिएटरले आगामी माघमा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव तयारी गरेको छ ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आगामी माघ ११ देखि १५ सम्म पोखरा थियटरको गन्धर्व नाटकघरमा सो महोत्सव गरिने शुक्रबार पत्रकार सम्मेलनमा महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

महोत्सवमा गण्डकीका ११ वटै जिल्लाका विद्यालयले भाग लिने छन् । ‘महोत्सवमा भाग लिन विभिन्न छनोट चरण पारगर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि पुस ३ भित्र नाटकको कथावस्तु पठाइसक्नुपर्नेछ,’ पोखरा थियटर अध्यक्ष समेत रहेका महोत्सव संयोजक परिवर्तनले भने ।

गत वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालयस्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसअघि पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरिएको थियो ।

महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिति सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन छन् । गत मंसिर १ देखि पोखरा थिएटरमा ‘चरणदास चोर’ मञ्चन भैरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित