निर्मल पूर्जाको अदम्य शाहसको कथामा फोर्टिन पिक्स

काठमाडौं । नेपाली पर्वतारोही निर्मल पूर्जाको हिमाल आरोहण यात्रामाथि ओटिटी प्लेटफर्म नेटफिक्सले निर्माण गरेका बृत्तचित्र ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ को शुक्रबार नेपालमा प्रिमियर गरिएको छ ।

ललितपुरको लबिम मलमा रहेको क्युएफएक्स लबिम सिनेमा हलमा यो बृत्तचित्रको प्रिमियर गरिएको छ । यो बृत्तचित्र फिल्मलाई नेटफिक्सले सोमबारबाट ओटिटी प्लेटफर्ममा रिलिज गर्दैछ । ओटिटी प्लेटर्फमबाट विश्वव्यापी रिलिज गर्नु अघि यो बृत्तचित्रको नेपालमा प्रिमियर गरिएको हो ।

निम्स दाईका रुपमा परिचित पूर्जाको बृत्तचित्र हेर्दा उनको आदम्य शाहस देखेर नेपाली दर्शकहरुको मुटु ढुकढुक भएको थियो । ८ हजार मिटर मन्दा माथिका पर्वत सृँखलाहरु जोखिम मोल्दै छोटो समयमा एकपछि अर्को आरोहण गर्दा दर्शकको मुटु सिरिँग भएको थियो । कतीपय दर्शकले यो एड्भेन्चर जनीको मजा पनि लिए ।

यस अघि यो बृत्तचित्र केन्जल माउन्टेन फिल्म फेस्टिबलमा रिलिज प्रिमियर भएको थियो । सो फेस्टिवलमा आउट स्ट्यान्डिङ रेटिङ पाएको यो बृत्तचित्र एउटा शाहसी नेपालीको कथामा केन्द्रित छ । सँसारमा शाहसिकहरुका लागि असम्भव भन्ने कुरा केही पनि छैन भन्ने सन्देश यो बृत्तचित्रले दिएको छ ।

यो बृत्तचित्रमा पर्वतारोही निर्मलले फिल्मले ६ महीना ६ दिनभित्रै विश्वका ८ हजार मिटर वो सो भन्दा माथिको उचाईको १० वटा पर्वतहरु सफलतापूर्व आरोहण गरेको दृष्य र आरोहणको यात्रालाई समेटिएको छ ।

मुलत शेर्पाहरुले यस्तो रेकर्ड बनाउने गरे पनि म्याग्दी जिल्लामा जन्मेर ट्रेकिङ हुँदै कसरी निर्मालले पर्वतारोहण यात्रा सुरु गरे र उनले कसरी यती छोटा समयमा १४ वता पर्वत सृँखला सफलतापूर्व आरोहण गरेर विश्व रेकर्ड बनाए भन्ने कथा यो बृत्तचित्रमा समेटिएको छ ।

नेटफिल्क्सले यो फिल्मलाई आगामी नोभेम्बर २९ मा विश्व प्रिमियर गर्ने घोषणा गरेको छ । यो फिल्म ३१ विभिन्न भाषामा हेर्न पाइने पूर्जाले बिहीवार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

आफ्नो फिल्मको शुक्रबार रिलिज भएपछि पर्वतारोही निम्सदाईले विश्वको ध्यान अग्ला पर्वततिर आकर्षित गर्न आफुले छोटो समयमा १४ वटा हिम सृँखला सफल आरोहण गरेको बताए । उनले आरोहण गरेको हिम सृँखलामा नेपालको सगरमाथा, अन्नपूर्ण देखि पाकिस्तानको केटु पर्वतसम्म रहेको छ ।

आफ्नो पर्वत आरोहण यात्रामाथि नेटफ्लिक्सले फिल्म बनाउन भएपछि आफुलाई निकै खुसी लागेको उनले बताए । त्यो फिल्मलाई नेपालमा आज प्रिमियर गरेर देखाउन पाउँदा थप खुसी मिलेको उनले बताएका छन् ।

यती छोटो समयमा १४ वटा उच्च पर्वतहरु सफलतापूर्वक आरोहण गर्न सफल हुनुको पछाडी आफ्नो दृढ शक्ति भएको उनले बताएका छन् । आफुले लिएको लक्ष्यलाई हाँसिल गर्न गरेको रातदिनको मेहनतले यो सफलता दिलाएको उनले बताएका छन् ।

यो बृत्तचित्रलाई टक्र्युल जोनसले निर्देशन गरेका हुन् । यो फिल्मलाई नेटफ्लिक्ससँगै सिनेमा हलमा पनि ल्याउने लक्ष्य निर्माण पक्षको छ । अर अहिलेलाई नेटफ्लिक्सबाट रिलिज गरिएको छ । नेपालका दर्शकले पनि यसलाई यही सोमबारबाट नेटफ्लिक्स मार्फत हेर्न सक्ने शुक्रबार सम्पन्न प्रिमियर शोमा जानकारी गराईयो ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य