ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौं : नेपाल

ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरुमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरुलाई ध्वस्त पार्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटि घोषणा तथा सपथ ग्रहण समारोहमा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिष्ट पार्टीहरुलाई गोलबद्ध गर्दै बृहत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् ।

नेकपा एमालेको १० औं महाधिवेसनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिष्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरुको डिजाइनमा कम्युनिष्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने ‘चितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रष्टै भएको छ ।’ राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवम् संविधान च्यात्नेहरुले ओलीको प्रशंसा गरेकोले अहिलेको द्धन्द्ध परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिविचको भएको उनकाे भनाइ थियाे ।

एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओली र एमाले कम्युनिष्ट नभएको बताएका छन् । खतिवडाले उनीहरु आफैं सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पुजा गरेर कम्युनिष्ट आन्दोलन नजोगिने उनकाे भनाइ थियाे ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरु भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकिर्षत भएको बताए ।

विगतमा एमालेको नेतृत्व गरेका सबै नेताहरु एमालेमै रहे पनि गलत विचार र व्यवहारका कारण एमालेमा नेता गए पनि कार्यकर्ता र जनता सही विचार छान्ने अवस्थामा रहेको बताए । दक्षिणपन्थी विसर्जनवाद र कम्युनिष्ट आन्दोलनको विचलनका विरुद्ध विद्रोह गर्दै एकीकृत समाजवादीमा रहेकाहरु भुसले छोपिएका हिरा भएको बताउँदै एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनमा लागेको ग्रहण हटाएर समृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले एमालेले धम्की र प्रलोभन देखाएर जनप्रतिनिधिलाई अल्मल्याएको बताउँदै निर्वाचनबाट कम्युनिष्ट र गैर कम्युनिष्टलाई जनताले छुट्याउने बताइन् । स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधिहरु एकीकृत समाजवादीमा रहेको र प्राविधिक हिसावले एमालेमा खुलेकाहरु पनि समाजवादीमा आउने क्रम बढेको थापाकाे भनाइ थियाे ।

कार्यक्रममा स्थायी कमिटि सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु उमेश शर्मा, सरला केसी, राधा सिलवाल, जिल्ला अध्यक्ष हरिकृष्ण थापा, केन्द्रीय परिषद् सदस्य रामसिं महर्जन रामशरण बस्नेत, अनुशासन आयोगका सदस्य रामकुमार वान्तवा, केन्द्रीय सल्लाहकार मीरा थामी लगायतका नेताहरु उपस्थिति थियाे ।

शनिवार १ नं निर्वाचन क्षेत्रीय कमिटि अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमबाट ठाकुर घिमिरेको अध्यक्षतामा ७५ सदस्यीय कमिटिको घोषणा तथा सपथ ग्रहण गराइएको छ । कमिटिको उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन रहेका छन् । सचिवमा राजन महर्जन र उपसचिवमा नविन महर्जन, शारदा घिमिरे दुलाल र रुदिना महर्जन रहेका छन्। नगर कमिटिको तत्काल बैठक बसी स्थानीय विकास तथा जनताको सेवामा पार्टी पंक्ति परिचालित हुने र भ्रष्टाचार ढिलासुस्ती तथा अपारदर्शीताविरुद्धमा पार्टी अभियान केन्द्रीय गर्ने नगर कमिटि सचिव राजन महर्जनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी