दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

सौराह, चितवन । नेकपा एमालेको १० महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् ।

शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय सदस्यका नामावली प्रस्ताव पेस गर्ने अधिकार दिइएको थियो । ओलीले सहमतिका आधारमा पदाधिकारी र केद्रीय सदस्यको नामावली प्रस्ताव गर्न पार्टीका नेता तथा अकाक्षीसँगको छलफललाई तीव्रता दिए । दिनभर उनी छलफलमा व्यस्त हुँदा महाधिवेशन प्रतिनिधि भने सडकमा नै अलपत्र परेका थिए । महाधिवेशनको बन्दसत्र सुरु हुने हो कि भन्ने आशमा महाधिवशेनस्थलबाहिर बाक्लो उपस्थित भएको प्रतिनिधिले महाधिवेशनमा जतिसक्दो चाडो सुरु हुनुपर्ने आवाज उठाए ।

सर्वसम्मतिको नाम चयनमा सहमति नजुट्दा महाधिवेशनका बन्दसत्र सुरु नहुँदा केही महाधिवेशन प्रतिनिधिले जंगल सफारीमा निस्किएका थिए भने केही प्रतिनिधि आफ्ना जिल्लाबाट आएको नेता तथा कार्यकर्तासँग सडकमा नै गीत गाएर रमाइलो गरिरहेका थिए । शनिबार दिनभर महाधिवेशनस्थलको क्षेत्रमा सवारी साथ प्रवेशमा रोक लगाइएकोमा आइतबार गतिविधि कम हुँदा दिउँसोबाट ट्राफिक व्यवस्थापनका लागि सवारी खुला गरिएको थियो । महाधिवेशनस्थलमा कुनै गतिविधि सञ्चालन नहुँदा सवारी खुलाइएको एक ट्राफिक प्रहरीले जानकारी दिए । उनका अनुसार महाधिवेशनस्थलमा कुनै गतिविधि सुरु हुनेबित्तिकै सवारी डाइभर्सन गरिने जानकारी दिएका थिए । दिनभर कुनै गतिविधि नहुँदा सवारी आवातजावतमा कुनै समस्या उत्पन्न भएन ।

सौराहको होटेल पार्क सफारीमा बसेका केपी शर्मा ओलीलाई आफ्नो नाम केन्द्रीय समितिको पदाधिकारी तथा केद्रीय सदस्यमा राख्न अनुरोध गर्न पुग्ने नेताहरूको घुइँचो होटेल बाहिर थियो । सहमतिका लागि आफंैले त्याग गर्ने बताएका एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले ढिलै भए पनि सर्वसम्मतिका आधारमा नामावली प्रकाशित हुने जानकारी दिए । सडकमा प्रतिनिधि एमाले समर्थनका गीत संगीत बजाएर नाचिरहेका थिए । केही प्रतिनिधि सडक सुन्तला खाएर बसेका थिए । केही प्रतिनिधि भने आफ्नो होटेलमा बसेर जिल्लाबाट आएको प्रतिनिधिसँग छलफलमा नै व्यस्त थिए । अधिकांशले ओलीले सहमति गर्न नसेकेको भए निर्वाचनमा गएको भए पनि हुने भन्ने प्रतिक्रिया दिएका थिए ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको महाधिवेशनमा प्रतिनिधिले आफंै बेरोजगारी भएकोमा व्यवस्थापनको कमजोरी भएको औंल्याएका छन् । उनीहरूले आफूहरूलाई महाधिवेशनस्थलमा नै कुनै सांगीतिक कार्यक्रम तथा अन्य गतिविधि सञ्चालन गरेर भए पनि व्यस्त बनाएको भए प्रतिनिधिमा निराशा नहुने प्रतिक्रिया जनाए । उनीहरूले महाधिवेशनमा सहमतिका लागि यस्तो प्रयास गर्नुपर्ने विषय पहिला नै आँकलन भइसकेको भन्दै सहमतिका लागि केही समय लाग्ने भएपछि कलाकार बोलाएर भए पनि महाधिवेशनस्थल व्यस्त बनाउनुपर्ने प्रतिक्रिया दिए ।

शनिबार दिनभर प्रतिनिधिका कारण व्यस्त भएको सौराहको सडकमा आइतबार भने शून्यता छाएको थियो । शनिबार अपराह्नपछि भने केही प्रतिनिधिले होटेल छाडेर घरतिर नै लागेको बताएका थिए । उनीहरूले सर्वसम्मतिमा नाम घोषणा हुने भएपछि आफूहरूको कुनै आवश्यकता नभएको प्रतिक्रिया जनाउँदै सौराहा छाडेको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित