कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले आइतबार विदेशी नागरिक’bout अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो । तर, कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीलाई भने प्रवेशमा रोक लगाइनेछैन ।

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागमन विभागसहित मातहतका निकायलाई अर्को निर्णय नहुँदासम्मका लागि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए ।

‘कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीबाहेक दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को निर्णय नहुँदासम्मका लागि अनअराइभल भिसा नदिनू भनिएको छ, स्थलमार्ग र हवाइमार्ग हुँदै आउने नागरिकमा पनि कडाइ गर्न भनेका छौं,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाएको छ ।

संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै सबै देशले सामाजिक दूरी, जनस्वास्थ्यका मापदण्डका साथै खोप कार्यक्रमलाई तीव्रताका साथ लानुपर्ने सुझाएकी हुन् ।

‘ओमिक्रोन’ दक्षिण अफ्रिकापछि युरोपका बेल्जियम, जर्मनी, अस्ट्रेलियालगायत नौवटा मुलुकमा फैलिएको संगठनले बताएको छ ।

आइतबारसम्म अस्ट्रेलिया, बेलायत र जर्मनीमा दुई÷दुई जनामा यो भेरियन्ट देखिएको छ । यसैगरी, इटलीमा एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । नेदरल्यान्ड, बोत्सवाना, बेल्जियम र हङकङमा पनि यो भेरियन्ट फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै, इजरायलमा एक जनामा यो भेरियन्ट देखिएपछि सरकारले विदेशी नागरिकलाई १४ दिन प्रवेशमा रोक लगाउने निर्णय लिएको थियो ।

यस्तै, बेलायतले दक्षिण अफ्रिकासहित ६ वटा अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाएको छ । विभिन्न मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको सञ्चारमाध्यमले जनाएका छन् ।

डब्लूएचओले नयाँ भेरियन्टको संक्रामक क्षमता, रोकथाम तथा निदान र उपचार’bout थप अनुसन्धान गरिरहेको समेत भनेको छ । यस्तै, कोरोना महामारी समाप्त भइनसकेको भन्दै स्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र जमघट कम गर्न पनि विश्व स्वास्थ्य संगठनले भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 433 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !