धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ । बुटवल, चितवन, हेटौंडालगायतका ठाँउमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे । यसको लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि शुक्रबारका दिन सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ सोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो १० हजार प्लस सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक बी एन्ड ए अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक अभिनाश चौधरीका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरूका उपस्थितिबीच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्वीलर अटो सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी