महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।


‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले न्युज कारखानासँग भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’ उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्र्किएका हुँ ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !