कांग्रेस सुनसरीमा पौडेल समूहका केदार भण्डारी विजयी

इटहरी । नेपाली कांग्रेस सुनसरीमा केदार भण्डारी विजयी भएका छन् । संस्थापन समूहका सञ्जय श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै संस्थापन इतर समूहका भण्डारी विजयी भएका हुन् ।

आइतबार सुनसरी सदरमुकाम इनरुवामा भएको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार दिउँसो आएको थियो । पौडेल समूहका भण्डारीले १ हजार ४ सय २२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने संस्थापन समूहका श्रेष्ठले १ हजार ३ सय ९ मत प्राप्त गरे । मतदान अधिकृत उत्तम पौडेलका अनुसार कुल २ हजार ९ सय १८ मतदातामध्ये २ हजार ७ सय ७४ मत खसेको थियो ।

त्यस्तै, उपसभापति पदमा भण्डारी समूहकै नगेशचन्द्र राई र पंकज कुमार महतो विजयी भएका छन् । राईले १ हजार ३ सय ३५ मत प्राप्त गरे भने महतोले १ हजार ३ सय १३ मत प्राप्त गर्दै विजयी भए । उपसभापति पदका प्रत्यासी गफार अन्सारी मियाँ र महेश दत्तले क्रमशः १ हजार २ सय ९७ र १ हजार १ सय ६६ मत प्राप्त गरे । यस्तै, सचिव पदमा श्रेष्ठ समूहका वीरेन्द्रकुमार साहले १ हजार ४ सय ६७ मत प्राप्त गर्दै विजयी भए भने अर्को सचिवमा भण्डारी समूहका माधबबहादुर घिसिङ्गले १ हजार २ सय २९ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, सह–सचिव पदमा श्रेष्ठ समूहका गणेश सुब्बा र मनिष कुमार राय निर्वाचित भएका छन् । उनीहरूले क्रमशः १ हजार ३ सय ५ र १ हजार १ सय ७७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

यस्तै, अपाङ्ग कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा १ हजार ३ सय ६४ मत प्राप्त गर्दै उपेन्द्र प्रसाद मेहता विजयी भएका छन् । उनले भण्डारी समूहकी सविता सुवेदीलाई पराजित गर्दै विजयी भएका हुन् । सुवेदीले १ हजार १ सय ७६ मत प्राप्त गरिन् । जिल्लाकै अपाङ्ग कोटाबाट १ हजार १ सय ६३ मत प्राप्त गर्दै देवेन्द्र पौडेल प्रदेश महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन् । उनी पनि संस्थापन समूहकै हुन् । संस्थापन इतरबाट उमेद्वारी दिएका गोपाल राई (कालुराम) ले १ हजार ७० मत प्राप्त गरे ।

सुनसरीमा संस्थापन समूह कमजोर

सुनसरीमा संस्थापन समूह कमजोर देखिएको छ । सुनसरीका ४ वटा क्षेत्रमध्ये तीनवटा क्षेत्रमा संस्थापन इतरका उमेद्वारहरू विजयी भएका छन् । वर्तमान सञ्चारमन्त्री समेत रहेका देउवा निकटका ज्ञानेन्द्रबहादुर कार्की तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको गृह जिल्ला रहेको सुनसरीमा देउवा पक्ष नै कमजोर रहेको हो । चुनाव नजिएकसँगै नेताद्वय कार्की र गच्छदार सुनसरीमै रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित