उदयपुरमा मास्कको अभाब

उदयपुर । कोरोना भाइरसको कारण उदयपुरको अस्पताल तथा स्वास्थ्य संस्था मेडिकलमा सबै प्रकारको माक्स १५ दिन यता छैन । चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम नेपालमा पनि फैलिन सक्ने सम्भावना बढेको बिश्व स्वास्थ्य संस्थाले नेपाल पनि उच्च जोखिमा रहेको सार्वजनिक गरेपछि उदयपुरमा माक्सको अभाव भएको हो । कोरोना भाइरसबाट जोगिन सबै भन्दा सुरक्षित मानिने एन ९५ नामक मास्क मात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव भएको हो । बिक्रेताका अनुसार माक्सको मूल्यमा भारी बृद्धि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– १२ डिएपगेटका प्रिंयाका सर्जिकल हाउसका बसन्त मिश्राले बजारमा सबै प्रकारका माक्सको अभाव भएको जनाए । उनका अनुसार कोरोनाको सन्दर्भमा सरकारले उच्च सर्तकता अपनाउँन निर्देशन दिएपछि बजारमा माक्सको अभाब हुन थालेको हो । माग अनुसारको आपूर्ति नहुँदा माक्समा कालोबजारी हुने सम्भावना बढेको छ । चीनमा कोरोना भाइरस देखिए लगत्तै माक्सको माग खासै थिएन । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठन समेतले नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको सार्वजनिक गरे यता सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको हो । मेडिकल माक्स चिनबाट आउँने भएकाले पनि अभाब सिर्जना भएको हो, प्रियाका सर्जिकल हाउसले जनायो ।

जिल्ला अस्पतात गाईघाटको मुल गेटमा औषधी ब्यवसायी गर्ने बिजय मेडिकल हाउसका सञ्चालन बिजय महत्तोले पनि १५ दिन यता मेडिकल तथा कपडाको माक्स अभाब हुन थालेको र आफुले सदै खरिद गर्ने डिलरमा नै नभएको बताए । मेडिकल माक्स चिनबाट आउने गरेकाले उतै अभाव हुने गरेका तथा नाकाहरुमा कडाई गरेकाले ल्याउन नसकिएको सप्लार्यस जानकारी दिने गरेको महत्तोको भनाई रहेको छ । उनका अनुसार भारतबाट मगाउँन खोज्दा उतै एउटा मेडिकल माक्सको २० रुपैया भारु भनेपछि नल्याएको बताए । बजारमा रु १० मा पाउने माक्स होलसेलमा नै प्रति गोटा रु २० भारु भनेपछि नमगाएको बिजयले भने ।

त्यसैगरी त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका सचिब दिनेशकुमार श्रेष्ठका अनुसार बजारमा मेडिकल माक्स मात्र होईलन कपडाको माक्स समेत अभाब रहेको औल्याए । उनले भने बजारमा कुनै पनि प्रकारको माक्स छैनन् । दैनिक रुपमा सयौ ग्राहक माक्स खोज्न आउँछ तर दिन सकेका छैनौं । हामीले माक्स ल्याउने डिलरहरुमा नै कपडाको माक्स अभाव रहेको जानकारी दिने गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु