ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

केप टाउन । दक्षिण अफ्रिकामा काेभिड संक्रमण तीव्र बढेकाे छ । नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन् । पछिल्लाे त्यहाँ काेभिड विरामीकाे संख्या दाेब्बरले बढेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्राेनका कारण काेभिड बिरामी बढेकाे हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ । अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ ।

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ । अहिले प्रयाेगमा अ‌ाइरहेका खाेप अ‌ाेमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने ’boutमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै अ‌ाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व