विषयगत सत्रमा सहभागिताका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनर्निर्माण, पुनस्र्थापना तथा सिकाइ अनुभव बाँड्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय सम्मेलन’ तीव्र तयारीमा जुटेको छ । आगामी २१ देखि २३ मंसिरसम्म आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनका लागि विभिन्न सत्रमा सहभागिता जनाउन अनलाइन फारमसमेत खुलाइएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन तयारी तीव्र

प्राधिकरणका अनुसार विषयगत सत्रमा सहभागी हुन चाहनेले आईसीएनच डट एनआरए डट जिओभी डट एनपीमा गएर प्रक्रियामा समावेश हुन सकिने छ । विषयगत सत्रको विस्तुत जानकारी सोही साइटमा उपलब्ध छ । काठमाडौंमा आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ राखिएको छ ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गरिने छ । सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट पुनः तीव्र रूपमा फैलिन थालेसँगै यसले सम्मेलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने भने देखिएको छ । १० पुस २०७२ मा स्थापना भएको प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका महत्वपूर्ण काम सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी कार्य सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्प गएको दुई महिनापछि १० असार २०७२ काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो । सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो ।

राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ अर्थात् ९७.५ प्रतिशतबराबरको सम्झौता भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी