उपत्यकामा बाक्लो हुस्सु, जहाजहरु आकाशमै ‘होल्ड’

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

मौसमविद् शान्ति कँडेलकाअनुसार अहिले प्रदेश नम्बर १ प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको उहाँको भनाइ छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बाक्लो हुस्सु लागेकोले काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण नभएको विमानस्थलका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । बास्तोलका अनुसार विदेशबाट आएका जहाजहरु पनि आकाशमै ‘होल्ड’ छन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा