धनकुटामा कोरोनाको त्रासले होली सुनसान

धनकुटा । सोमबार रंगहरुको पर्व होली । हरेक बर्ष होलीमा रंगिन बन्ने धनकुटा सोमबार सुनसान रह्यो । छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भइरस संक्रमणको डरले धनकुटामा पनि यसपटक होलीको उमंग छैन ।

हरेक बर्ष होलीमा धनकुटा सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, भेडेटार, राजारानी, जीतपुर लगायत बजारहरुमा होली बिशेष कार्यक्रम हुँने गरेका थिए । धनकुटा बजारका चोक–चोकमा नाचगानसहित तामझामका साथ होली मनाउँने गरिएको थियो । सयौंको संख्यामा मानिसहरु बजारमा निस्किएर हर्षोउल्लासपूर्वक होली मनाउँँने गर्थे । तर, यसपटक यस्तो माहोल छैन ।

जिल्लाका कुनैपनि ठाउँमा होली बिशेष बृहत कार्यक्रम नरहेको जिल्ला प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । ‘घर–घरमा र बजारमा फाटफुट मात्रामा होली खेल्दैछन् । तर, सडकमा होली विशेष कार्यक्रम भएका छैनन् ।’ उनले भने ।

कोरोना लाग्ने डरले चोकमा होली बिशेष कार्यक्रम नगरिएको मदनचौकका सोबित श्रेष्ठले बताए । बर्षौदेखि होली बिशेष कार्यक्रममा सहभागि हुँदै आएका श्रेष्ठले यसपटक होलीको तामझाम नहुँदा खल्लो महसुस भएको सुनाए । ‘१८ बर्ष अघिदेखि हरेक बर्ष चौकमा कार्यक्रम गरेर होली मनाउँदै आएका थियौं ।’ उनले भने ‘यसपटक कोरोनाको डरले होली मनाउँँन नपाउँदा खल्लो लागिरहेको छ ।’

यता, होली विशेष कार्यक्रम नहुँदा सिधुवा बजार पनि सुनसान रहेको स्थानीय नबनित खड्काले बताए । ‘हरेक बर्ष तामझामका साथ होली मनाईन्थ्यो । यसपटक त्यस्तो माहोल छैन ।’ उनले भने ।

सतर्क रहन अपिल

कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावना हुँनाले भिडभाड हुँने कार्यक्रम नगर्न सरकारले सबैलाई अनुरोध गरेको छ । धनकुटामा पनि जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकाय, स्थानीय तह र राजनीतिक पार्टीले जिल्लाबासीमा सतर्कताका लागि अपिल गरेका छन् ।

धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपार्टी गाउँपालिकाले सूचना जारी गरेर पालिकाबासीलाई कोरोना संक्रमण हुँने संभावित गतिबिधि नगर्न अनुरोध गरेका छन् । यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि सूचना जारी गर्दै कोरोना संक्रमणप्रति सर्तक रहन भनेको छ ।

पूर्व निर्धारित कार्यक्रम पनि स्थगित

जिल्लामा घोषणा भएका कतिपय पूर्व निर्धारित कार्यक्रम पनि कोरोना संक्रमणको डरले स्थगित गरिएको छ । महालक्ष्मी नगरपालिकाले चैत १ देखि ३ गतेसम्म गर्न लागेको जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको मेयर पर्शुराम नेपालले जानकारी दिए । बिद्यालयहरु पनि परीक्षा चाडै सक्ने तयारीमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार