एचआईभी–एड्स नियन्त्रणको लक्ष्य प्राप्ति

तँलाई त एड्स छ, छुनुहुँदैन, तेरो बाबुआमा दुवै एड्स लागेर मरे भनेर स्कुलमा साथीहरू जिस्काउँछन् । मिस र सरहरूले पनि एड्स लागेकोकालाई त काठमाडौं लग्छन्, तँलाई कहिले लग्ने हुन् ? भनेर बारम्बार सोधपुछ हुँदा डोटीकी रश्मि एक्लै बस्ने टोलाउने र मानसिक रोगी भएकी छन् ।

दशकअघि सांसदहरूलाई एचआईभी एड्स’bout जानकारी गराउन तथा नियन्त्रणका लागि सुझाव संकलन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित गोष्ठीमा एक सांसदद्वारा अन्तरआत्माले व्यक्त सुझाव ‘यी एड्स रोगीले गर्दा सारा देशभरि रोग फैलिने भयो, त्यसैले यी सबैलाई जेल हाल्नुपर्छ’ भनी सुझाव व्यक्त गरेका थिए । त्यसो त दशकमा धेरै रोगको ’boutमा जनचेतना हाम्रा जनप्रतिनिधिहरूमा सचेतना बढेको छ तथापि भेदभाव शून्य भएको छैन ।

एचआईभी सन् १९७० को उत्तराद्र्धतिर अफ्रिकामा भित्रभित्रै फैलिएको भने पनि पहिलोपटक सन् १९८१ मा अमेरिकाका समलिंगीहरूमा देखिएको हो र समलिंगीसम्बन्धी रोग भनी नामकरण गरियो । एचआईभी एड्सद्वारा हालसम्म विश्वमा सन् २०१० मा २१ लाख नयाँ संक्रमणको तुलनामा सन् २०२० मा १५ लाख नयाँ संक्रमित हुँदा ३१ प्रतिशतले सख्या घटेको छ र सन् २०२० को अन्तमा ३ करोड ७७ लाख संक्रमित छन् । बालबालिकामा विगतको १ दशकमा ५३ प्रतिशतले घटी १ लाख ५० हजारमा नयाँ संक्रमण भएको छ । त्यस्तै, सन् २०२० मा ४८ प्रतिशतले घटी मात्रै करिब ६ लाख ८० हजारको मृत्यु भयो भने सन् २०१० मा १३ लाख थियो ।एचआईभी एड्सलाई बहुविभागीय समस्याका रूपमा हेरी राजनीतिक अपेक्षाभन्दा माथि उठी सार्वजनिक चासोका रूपमा लिइनुपर्छ


नेपालमा केन्द्रीकृत महामारीका रूपमा छ । जोखिम समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत बढी तथा सामान्य जनसंख्यामा १ प्रतिशतभन्दा कम हुनु हो । सन् २०२० को अन्तसम्म ३० हजार ३ सय व्यक्तिमा एचआईभी संक्रमण रहेको र ७ सय ५४ जनामा नयाँ संक्रमण भएको अनुमान छ । सन् २०२० मा मात्रै ६ सय ३६ जनाले एडसकै कारण मृत्यु भएका छन् । सन् २०२१ को जुलाईसम्ममा नेपालमा २० हजार ८ सय ८३ संक्रमितले एआरभी उपचार लिइरहेका छन् । जुन कुल संक्रमितमा ६९ प्रतिशत हो । उपचारबाहिर ३१ प्रतिशत अर्थात् ९ हजार ४ सय १७ कहाँ र कुन अवस्थामा छन् ? अनुमानित तथ्यांकमा अझै ९ हजार ४ सय १७ एचआईभी संक्रमित पहुँचमा आएका छैनन् ।
एचआईभी पोजिटिभ र एड्स रोग

एड्स रोगको भाइरस एचआईभीबाट शरीरमा संक्रमण भएको अवस्था एचआईभी पोजेटिभ हो । यस्तो अवस्थामा रहेको मानिस बिरामी भइहाल्दैन, सामान्य मानिसझैं क्रियाशील जीवन बिताउन सक्छ र उसको स्वास्थ्य स्थिति र जीवनस्तर राम्रो छ तथा उसमा मनोबल पनि उच्च छ भने १०/१५ वर्षसम्म पनि यस्तै अवस्था हुन सक्छ । तर, उसले अरूलाई एड्सको जीवाणु सार्न सक्छ ।

एचआईभीको कारण एचआईभी पोजिटिम भएको मानिसको शरीरको अरू रोगसँग लड्ने क्षमता ह्रास भएको अवस्था एड्स हो । विषाणुले शरीरका स्वेतकोषिकाको ‘टी’ लिम्फोसाइट सीडी–४ कोषमा आक्रमण गरिसकेपछि तिनको संख्यामा कमी आउँछ । जसको कारणबाट शरीरमा साधारण संक्रमणसँग पनि लड्न नसक्नेगरी प्रतिरोधात्मक शक्तिको ह्रास भएर जान्छ । जुनसुकै रोगले पनि सजिलैसँग आक्रमण गर्छ । मानव शरीरको विभिन्न अंगहरूमा असर पारी धेरै लक्षण तथा चिह्न देखाउने भएकाले यस रोगलाई सिन्ड्रोम भनिन्छ ।
एड्सको विषाणु रोगीको योनीरस, बीर्य, आमाको दूध र रगतमा प्रशस्तै मात्रामा हुने हुनाले यी पदार्थले कुनै माध्यमद्वारा रोगीबाट निरोगीको शरीरमा प्रवेश भएमा एचआईभी पनि सँगसँगै प्रवेश गरी एचआईभी एड्स हुन्छ ।

एचआईभी एड्स अमेरिकाका समलिंगीमा देखिएकाले समलिंगीसम्बन्धी रोग भनिएको थियो


जोखिम समूह
एचआईभी संक्रमण कुनै एक पक्ष, वर्ग, जाति वा समूहमा मात्र सीमित नभई सम्पूर्ण मानव जाति नै संक्रमणको जोखिममा छ । विशेष बढी जोखिम समूह पेसाभन्दा पनि उसको व्यवहारले जोखिमताको स्तर निर्धारण गर्ने भएकाले जोखिमताको स्तर निर्धारण गर्दा एचआईभी संक्रमणको बढी जोखिममा पर्नेमा यौनकर्मी महिला, यौनकर्मीका ग्राहक, यातायात मजदुर, प्रवासी, सुईबाट लागू पदार्थ लिने, लागूपदार्थका दुव्र्यसनी तथा सुई साटासाट गर्नेहरू, रोजगारीका लागि बाहिर लामो समयसम्म काम गर्न जानेहरू, असुरक्षित यौन सम्पर्क राख्ने पर्छन् ।

एड्स कसरी सर्दैन

रोगीको जुठो खाँदा, रोगीको लुगा लगाउँदा र एउटै नुहाउने ठाउँ र चर्पी प्रयोग गर्दा, चुम्बन गर्दा, खोक्दा, हाच्छ्यु गर्दा, हात मिलाउँदा अकंमाल गर्दा, सामाजिक भेटघाट गर्दा, रुमाल, काइयो, टावेल आदिको साझा प्रयोग गर्दा, दैनिक प्रयोग गर्ने भाँडाकुडाहरू खाद्यवस्तुहरू पेय पदार्थको प्रयोग गर्दा, सुरक्षित यौनक्रिया, परिक्षित रगत र अंग तथा निर्मलीकृत औजार प्रयोग गर्दा, लामखुट्टे कीरा, फट्यांग्रा, जुम्रा उडुस, उपियाले टोक्दा तथा बिरामीको स्याहारसुसार गर्दा नसर्ने भएकाले एचआईभी एड्स रोगीसँग आत्तिने वा तर्सने गर्नुपर्दैन ।
प्रमुख चिह्नमा ज्वरो आई राति पसिना आउने, लामो समयसम्म रहनु, तीन महिनाभित्र १० प्रतिशतभन्दा बढी तौल घट्नु र एक महिनाभन्दा बढी समयसम्म पखाला लाग्ने पर्छन् । सहायक चिह्नमा एक महिनाभन्दा बढी खोकी लागिरहनु, जनै खटिरा बारम्बार आउने, मुख तथा घाँटीको भित्री भागमा ढुसी, शरीरभरि लिम्फग्रन्थी बढ्ने गाँठागुठी देखिने, दीर्घकालीन हर्पस सिम्पेल्कस संक्रमण, शरीरभरि छाला चिलाउने छालाको सुजन हुने पर्छन् । यसका अतिरिक्त मुखमा र छालामा दाग मुसा ढुंसी देखिने, मानसिक लक्षण जस्तै झनक्क रिसाउने, चिन्तित हुने, स्मरण शक्ति घट्दै जाने, हातखुट्टा झमझमाउने र दिक्क लाग्ने हुन्छ । क्षयरोग (टीबी) झाडापाखाला, निमोनिया, जनै खटिराजस्ता अवसरवादी संक्रमण तथा क्यान्सरजस्ता रोगहरूले सताउने औषधि उपचार गर्दा पनि लक्षणमा खासै परिवर्तन नआई तीनकै कारणले मृत्यु हुने गर्छ ।

रोकथाम

सरकारले २०३० सम्ममा एचआईभी एड्स महामारीलाई अन्तः गर्ने अर्थात् शून्य नयाँ संक्रमण, शून्य मृत्यु र शून्य भेदभावको लक्ष्य लिएको छ । त्यस्तै सन् २०३० सम्म ९५—९५—९५ को लक्ष्य पनि छ जसमा ९५ प्रतिशत संक्रमितले आफ्नो अवस्था’bout थाहा पाउने, तीमध्ये ९५ प्रतिशतले एआरभ औषधीको उपचारको पहँुचमा हुने र औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य पनि छ । सन् २०२६ सम्ममा आमाबाट शिशुमा हुने संक्रमण उन्मुलन गर्ने लक्ष्य छ । एआरभीको पहुँचमा ६९ प्रतिशत छ भने भारल भार नगन्य बनाएका ३१ प्रतिशत र गर्भवतीमा पहँुच ७३ प्रतिशत छन् । वार्षिक ५६ करोड बजेट विनियोजित औषधि खरिदमा नै नपुग भएको गुनासो छ ।

रोगको भाइरस प्रवेश गरेपछि वा एड्स लागिसकेपछि विभिन्न किसिमका रोग भइरहने र मृत्युवरण नै गर्नुपर्ने बाध्यता भएको हुँदा रोकथाम नै सबैभन्दा उत्तम उपाय हो । आफ्ना श्रीमान् श्रीमती वा प्रेमी प्रमिकामा बफादार रहने । समलिंगी पुरुष तथा महिलासँग यौन सम्बन्ध नराख्ने, सुरक्षित यौन व्यवहार गर्ने, शंकास्पद व्यक्तिहरूले रक्तपरीक्षण गर्ने, आफूलाई एचआईभी भएमा सोको जानकारी अन्य साथीभाइलाई समेत दिनुपर्छ । एचआईभी भएको व्यक्तिले कहिल्यै पनि रगत, बीर्य दान गर्नुहुँदैन । रगत लिँदा वा दिँदा सधंैजसो रगत परीक्षण गर्नुपर्छ । विदेसिने पुरुष तथा महिला फर्किने बेला रगत परीक्षण गरिनुपर्छ । निःशुल्क एचआईभी परीक्षण सरकारी तथा निजी अस्पतालमा गरिनुपर्छ । संक्रमितले आफूबाट अरूलाई बचाउन जोड दिनुपर्छ । अन्तमा एचआईभी एड्सको भयानकतालाई बेलैमा विचार गरी यसलाई बहुविभागीय समस्याका रूपमा हेरी राजनीतिक अपेक्षाभन्दा माथि उठी सार्वजनिक चासोको रूपमा हेर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 598 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित