कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । संघीय संरचनाअनुसार पार्टी संरचना निर्माणका लागि नेपाली कांग्रेसले देशका सात प्रदेशमध्ये ६ वटामा प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।

कांग्रेसले प्रदेश १ को नेतृत्व चुन्न विराटनगर, बाग्मतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शनिबार एकै दिन प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।

प्रदेश संरचनाको अधिवेशनमा १ सय ६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३ सय ३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशनमा मतदाता छन् । त्यसमध्ये प्रदेश २ को अधिवेशन भने बाँकी छ ।

यसैगरी, सम्वन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, र केन्द्रीय कार्यसमितिका सदस्यले प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि मतदान गरेका छन् । उनीहरू एक अवधिका लागि प्रदेश अधिवेशनमा मतदाता हुने व्यवस्था कांग्रेस विधानको परिच्छेद ४ को १३ (१) (ग) मा छ ।

यसैगरी, प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखले पनि प्रदेशको नेतृत्व चुन्ने प्रक्रियामा मतदान गरेका छन् ।

प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेस विधानमा व्यवस्था छ । यसैगरी, प्रदेश कार्यसमितिमा सदस्यहरू पनि प्रदेशअनुसार फरकफरक संख्यामा रहन्छन् । विधानअनुसार प्रदेश कोषाध्यक्ष भने मनोनीत हुन्छन् ।
प्रदेश १ मा पदाधिकारीबाहेक ८० जना सदस्य हुनेछन् । प्रदेश २ मा ६४, बाग्मतीमा ८३, गण्डकीमा ६०, लुम्बिनीमा ६९ तथा कर्णालीमा ५१ र सुदूरपश्चिममा ५१ जना सदस्य कार्यसमितिमा पदाधिकारीबाहेक रहनेछन् ।

शनिबार सम्पन्न ६ वटा प्रदेशको अधिवेशनमा प्रदेश १ मा १ हजार ८ सय ४ मतदाता रहेकोमा १ हजार ७ सय ५२ मत खसेको छ । सो प्रदेशमा संस्थापनपक्ष र कृष्णप्रसाद सिटौला पक्षले उद्धव थापालाई उम्मेदवार बनाएका छन् भने इतर पक्षले गुरुराज घिमिरेलाई उठाएको छ ।

यसैगरी, बाग्मतीमा २ हजार १ सय ३७ मतदाता रहेकोमा ….मत खसेको छ । बाग्मतीमा सभापति पदमा संस्थापन पक्षबाट इन्द्र बानियाँ, इतर पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान उम्मेदवार छन् ।

गण्डकी प्रदेशमा कुल मत १ हजार १ सय ६५ मध्ये १ हजार १ सय ४६ खसेको छ । गण्डकीको सभापतिका लागि संस्थापनले अर्जुन जोशी र इतर समूहले शुक्रराज शर्मालाई उम्मेदवार बनाएको थियो ।

यसैगरी, लुम्बिनी प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । लुम्बिनीमा कुल १ हजार ६ सय ७० मतदाता थिए । सो प्रदेशमा ३९ जना मतदानमा अनुपस्थित भएका छन् ।

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको नेतृत्वका लागि संस्थापन समूहबाट भरत शाह र संस्थापनइतर समूहबाट अमरसिंह पुन प्रतिस्पर्धामा छन् ।

यस्तै, कर्णाली प्रदेशमा ७ सय ४९ मतदाता रहेकोमा ७५४ मत खसेको छ । सो प्रदेशमा संस्थापन समूहबाट ललितसिंह शाही र संस्थापन इतर पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनमा १ हजार २६ मतदातामध्ये १ हजार ३ मत खसेको छ । सो प्रदेशमा सभापतिमा संस्थापनबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार छन् भने इतर समूहबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र उम्मेदवार छन् ।
यी सबै प्रदेशको परिणाम आइतबारसम्म आउने सम्भावना रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी