नेपाल र कतारबीच श्रम सम्झाैता पुनरावलाेकन गर्ने सहमति

काठमाडाैं । नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकले दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति गरेकाे छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका ’boutमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो ।

बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ ।

साथै, कतारमा काम गरेर फर्किएकाहरुलाई नेपालमा पुनर्स्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।

नेपालसँग वार्ता गर्न कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् ।

कतारले २०७४ भदौ ६ गते नै घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन जारी गरिसकेको छ । त्यसमा नेपालको संसदले घरेलु श्रमिकको सुरक्षाको पक्षमा उठाएका धेरै विषय सम्बोधन गरिसकेको छ । कतारमा हाल झन्डै ५० हजार नेपाली पुरुष घरेलु श्रमिक कार्यरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन