बागमती प्रदेशमा इन्द्र बहादुर बानियाँ निर्वाचित

काठमाडाैं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन् । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उनी सभापतिमा निर्वाचित भएका हुन् ।

उनले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरे भने केसीले ९२७ मत प्राप्त गरेका छन् । बानियाँले १५८ मत अन्तरले विजयी भएका छन् । १३ वटा मतपत्र भने बदर भएको छ ।

पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल