काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कलेजको पढाईलाई निरन्तरता दिने भएकी छिन् । उनले शुक्रबार मात्र १२ कक्षा उतिर्ण गरेकी थिईन् । आफुले सोचेको भन्दा राम्रो परिणाम आएपछि उनी अहिले निकै खुसी छिन्,‘नयाँ भर्ना खुलीसकेको छ । अब आईतबार नै व्याचलरमा भर्ना भएर क्लास सुरु गर्छु ।’ उनले भनेकी छिन् ।
अढाईलाई अघि बढाउँदै अझै केही वर्ष निरन्तर कलेज गएर विधा वारिधी गर्ने धोका पुरा गर्ने उनले बताएकी छिन् । उनले स्नातकमा ग्रामिण शिक्षा (रुलर डेभलपमेन्ट) विषय रोजेर पढाई सुरु गर्दै छिन् ।
उनी २.४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । उमेरले ४० वर्ष नाघेपछि स्कुल पढ्न गाएकी यी अभिनेत्री अहिले पढाईको लागि धेरैको प्रेरणा बनेकी छिन् ।
उनले ५ वर्ष अघिबाट स्कुल देखि पुन पढाई सुरु गरेकी थिईन् । काठमाडौंको मैतिदेवी स्थित एउटा विधालयमा ८ कक्षामा भर्ना भएकी उनले सोही विधालयबाट एसइइ उतिर्ण गरेकी हुन् ।
ललितपुरको गोदावरी निवासी अभिनेत्री करिश्माले आफ्नै टोलको किटिनी माविबाट १२ कक्षा उतिर्ण गरेकी हुन् । अब स्नातक पनि सोही कलेजमा पढ्ने उनले बताएकी छिन् । त्यसो त उनलाई अरु कलेजबाट पनि स्नातक पढ्नको लागि प्रस्ताव आईरहेको छ । अहिले सबै साथीहरु यही कलेजमा भएकाले यही रुलर डेभलपमेन्टमा स्नातक गर्ने उनले बताएकी छिन् ।