क्यान्भासमा शताब्दी पुरुष

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशीमाथि दुई वर्षअघि क्यानभासमा उतारिका ४ सयमध्ये ४० चित्र प्रदर्शनी सुरु भएको छ ।

‘सत्यमोहन बा’ नामक प्रदर्शनी सोमबार उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संस्कृतिविद् जोशीमाथि तयार पारिएका तस्बिर, पुस्तक, पर्चा तथा चित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु-याउन पहल गरिने बताइन् । ‘ललितपुरले जोशीजस्ता स्रष्ट पाउँदा गर्व लाग्छ,’ उनले भनिन्, ‘एउटै चित्रले जोशीका जीवनका सन्दर्भमा अनेकौं कुरा बोलेको छ ।’

मन्त्री भुसालले सत्यमोहन लोक साहित्य भवनका लागि व्यक्तिगत ५० हजार सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

शताब्दी पुरुष जोशीले प्रदर्शनी आयोजक योङ पिकासोले गाउँगाउँ पुगरे प्रतिभा खोजी गरी बाहिर ल्याएको बताउँदै त्यसलाई राष्ट्रियकरण गर्न जरुरी रहेको औंल्याए ।

जोशीका चित्र बिक्रीबापत संकलित कूल रकममा ३५ प्रतिशत कलाकार, २० प्रतिशत लोक साहित्य भवन र १५ प्रतिशत योङ पिकासो तथा बाँकी ३० प्रतिशत गाउँगाउँमा गएर कला विकासका लागि खर्चिने भएको छ ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारका अनुसार जोशीका मुहार चित्रमा तेल, पानी, सीसाकलम र एक्रिलिक रङ प्रयोग गरिएको छ । कार्यशालामा ११ देखि ७० वर्षसम्मका कलाकारले सहभागिता जनाएको उनले जानकारी दिए । प्रदर्शनी आगमी २५ मंसिरसम्म जारी रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा