अशक्त महिलालाई जंगलमा लगेर बलात्कार

लमजुङ । लमजुङमा प्रहरीले अशक्त महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएकी २५ बर्षीय महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेसीशहर नगरपालिका– १० बस्ने ४० वर्षीय हरीबहादुर गुरुङ रहेका छन् । उनले लमजुङकै राइनास नगरपालिका– ६ स्थित जङ्गलमा लगेर महिलालाई बलात्कार गरेका थिए ।

गुरुङले पीडित महिला आफन्तको घर जाने क्रममा एकान्त ठाउँमा फेला पारेका थिए । एकान्त ठाउँमा फेला परेकी महिलालाई उनले बाटो भन्दा केही माथीपट्टी जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी चौकी धमिलिकुँवाबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्दै जाँदा फेला गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार ती महिला अबेरसम्म घरमा नआएपछि आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा जङ्गलमा पीडित महिला र प्रतिवादी हरीबहादुर गुरुङलाई फेला पारेका थिए । तर गुरुङ घटनास्थलबाट भाग्न सफल भएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसरी परिचालन भएको प्रहरी टोलीले पिछा गर्दै गई राइनास नगरपालिका– ६ बाट पक्राउ गरिएको रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित