जनकपुरधाम । राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा आज बिहानै देखी भतmजनहरुको घुँइचो लागेको छ ।
विवाह पञ्चमीका दिन भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वाश रहेको छ ।
यसै जनविश्वासका कारण ठूलो संख्यामा भक्तजनहरु विवाह पञ्चमीमा राम जानकीको पूजा गर्न जनकपुरधाम आउँछन ।
सात दिवसीय कार्यक्रम अन्र्तगत आज जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह आज हुने छ । पण्डितद्वारा मन्त्रोचारणसँग हुने सो विवाहको तैयारी जानकी मन्दिरको प्रागंणमा भइरहेको छ । विवाहका लागि मडबा बनाइएको जानकारी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले दिएका छन । यसैगरी जनकपुरधामको राम मन्दिरवाट महन्त सहित सयौ जन्तीहरुको सहभागिता रहनेछ ।
कोरोनाका कारणले भारतको अयोध्यावाट जन्ती र साधुहरु आएको छैनन । तर वैवाहिक सम्पूर्ण कार्यक्रम गरिएको छ । विवाह भन्दा पूर्व एतिहासिक रंगभूमि मैदानमा स्वयंवर पनि आजै गरिने छ । स्वयंवरका लागि जानकी मन्दिर र राम मन्दिरबाट छुटा–छुटै भगवानको डोला रंगभूमि मैदान पुग्ने कार्यक्रम रहेको छ । सोहि स्थलमा स्वयंवर हुनेछ । स्वयवरमा विशेष पूजापछि रामको डोलालाई जानकीको डोलाले परिक्रमा गर्ने कार्यक्रम राखिएको छ ।
स्वयंवरपछि जनकपुरमा भव्य शोभा यात्रा निकालिने छ । विवाह र स्वयंबर हेर्न ठाउँ ठाउँबाट भक्तजनहरु आएका छन । सात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगर दर्शन, फुलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र विवाह सम्पन्न भइसकेको छ । भने राम कलेवा भोली हुने छ ।