राजस्व नतिर्ने १२३ कम्पनीको जायजेथा जफत गर्ने चेतावनी

काठमाडौं । सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ । सो अवधिभित्र रकम नबुझाए कम्पनीको सम्पूर्ण सम्पत्ति र जायजेथा जफत गर्ने चेतावनी सरकारले दिएको छ ।

महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका १ सय २३ वटा कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो । महालेखाले आगामी ३५ दिनभित्र पनि बक्यौता राजस्व रकम नबुझाए उनीहरूको जायजेथा एवं सम्पत्ति जफत गरी लिलामीको प्रक्रियामा लैजाने समेत चेतावनी दिएको छ ।

महालेखाका अनुसार अल्टिमेटम दिइएकाहरूमा नाम चलेका ठूला पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, मिनी क्यासिनो, पूर्व सांसद्, ठेकेदार कम्पनीलगायत साना फार्मसमेत छन् । सबैभन्दा धेरै बक्यौता रकम राजधानीका विभिन्न होटलमा क्यासिनो सञ्चालन गर्दै आएको नेपाल रिक्रिएसन सेन्टर कम्पनीबाट बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको छ । सो क्यासिनोको तत्कालीन सञ्चालक राकेश बाधवा थिए । हाल उनी सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, पियुषबहादुर अमात्य सञ्चालक रहेको पोखरास्थित फूलबारी रिसोर्ट प्रालिले पनि सरकारलाई करिब ३४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । पूmलबारीले ३३ करोड ९३ लाख १५ हजार ७१६ रुपैयाँ बक्यौता र त्यसको ब्याज तिर्न बाँकी छ । यसैगरी, राधेश्याम सर्राफ सञ्चालक रहेको काठमाडौंको याक एन्ड यति होटलले पनि सरकारलाई १६ करोड ३३ लाख रुपैयाँ बक्यौता तिरेको छैन । यसअघि धेरै पटक सरकारी राजस्व बुझाउन आग्रह गर्दा र सूचना दिँदा पनि नतिरेको भन्दै महालेखाले याक एन्ड यति होटललाई ३५ दिनभित्र १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ र त्यसमा लाग्ने ब्याजसमेत तिर्न ताकेता गरेको हो ।

होटलले आगामी ३५ दिनभित्र बक्यौता नबुझाए उसको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रियामा लैजाने महालेखाले चेतावनी दिएको छ । त्यसैगरी, होटल अन्नपूर्णले पनि अहिलेसम्म १६ करोड ८ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ । तप्तबहादुर विष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले सरकारलाई १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यसबेला विष्ट अन्नपूर्ण क्यासिनोका महाप्रबन्धक थिए ।

दिनेशबहादुर विष्ट अध्यक्ष रहेको सोल्टी होटलले पनि सरकारलाई ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ राजस्व बुझाएको छैन । सोल्टीले विगत लामो समयदेखि सरकारी बक्यौता नतिरेको र पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्व तिर्न नआएको भन्दै ३५ दिनभित्र सो रकम र त्यसमा नियमानुसार लाग्ने ब्याज तिर्न नआए उसको सम्पत्ति जफत गरी लिलामीमा लैजाने चेतावनी दिइएको महालेखाले जनाएको छ ।

यसैगरी, मिनी क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले पनि सरकारलाई ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी छ । ह्याप्पी आवर प्रालि नामक मिनी क्यासिनो सञ्चालन गरेका सिंहले सरकारलाई सो बक्यौता रकम तिर्न बाँकी रहेको पनि महालेखाले जनाएको छ । होटलका नाममा जारी भएको यस्तो सूचनामध्ये अधिकांश रकम होटलले भन्दा पनि होटलभित्र सञ्चालनमा आएका क्यासिनोको बाँकी बक्यौता भएको महालेखाले जनाएको छ ।

तर, अहिले कतिपय क्यासिनो तथा त्यसका सञ्चालक भागेका कारण त्यसको दायित्व होटलले बेहोर्नुपर्ने भन्दै होटलको नाममा समेत सूचना प्रकाशन गरिएको महालेखाले जनाएको छ । यसअघि धेरै प्रयास गर्दा क्यासिनोबाट बक्यौता उठाउन नसकेकाले अब क्यासिनो रहेको होटललाई क्यासिनोको दायित्वमा समेत जिम्मेवार बनाउन यस्तो ताकेता गरिएको हो । यसरी प्रकाशन गरेको सूचनामा पूर्वसांसददेखि सरकारका कर्मचारी र व्यापारिक फमर्मसमेत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता