प्रधानमन्त्री ओलीलाई ‘इन्फेक्सन’ हुने डरले डिस्चार्जमा ढिलाइ

काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि, प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रत्यारोपणपछि भाइटल तथा ल्याब सूचकहरू अपेक्षाअनुरूप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओली र समीक्षाले सामान्य रूपमा आहारा लिन थालेका छन् । प्रधानमन्त्री ओलीलाई अझै नजिकका व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र फिजियोथेरापी गराउन थालिएको छ । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवाली नेतृत्वको समूह खटिएको थियो । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराउनुअघि एक सातामा आफू निको भएर आउने वाचा गरेका थिए । वाचाअनुसारै उनी घर फर्कन चाहे पनि उपचारमा संलग्न चिकित्सकले इन्फेक्सन हुने भन्दै केही दिन अस्पतालमै आराम गर्न आग्रह गरेका हुन् । १२ वर्षअघि प्रधानमन्धी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै