कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ। नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, यज्ञ न्यौपानेको उम्मेदवारी परेको हो।

इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ। देउवाले कांग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन्। यस्तै इतर समूह विभाजित भएर दुईजना शेखर र प्रकाशमानको उम्मेदवारी परेको छ। त्यसैगरी देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदारको उम्मेदवारी परेको छ। शेखर कोइराला समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ मैदानमा उत्रिएका छन्। उता विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा कसैको उम्मेदवारी परेको छैन।

प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला उपसभापति लड्ने भएकी छन्। कोइराला परिवारका शेखरलाई साथ नदिइ उनी सिंह प्यानलमा पुगेकी हुन्। त्यस्तै यही समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा लड्ने पक्का भएको छ। सिंह प्यानलबाट अन्य उपसभापति र महामन्त्रीको टुंगो गरिएको छैन। अन्य पदमा पनि नेताहरुको यो समूहले टुङ्ग्याएको छैन।

उता महामन्त्रीमा देउवा समूहबाट डा. प्रकाशशरण महत र देउवालाई सघाएका सिटौलाको तर्फबाट प्रदीप पौडेल पनि मैदानमा छन्। त्यस्तै शेखर समूहबाट महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा मैदानमा उत्रिने पक्का भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)