उम्मेदवारी फिर्ता र अन्तिम नामावली भोलि

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फर्ता लिनका लागि आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । 

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । 

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । 

कांग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी