पुरुष र महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले पुसमा बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि आइतबार महिला र पुरुष राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ । संघले महिला र पुरुषको समान १२ सदस्यीय टोली घोषणा गरेको हो ।

पुरुष टोलीमा स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । दुवै जना त्रिभुवन आर्मी क्लबमा खेलिरहेका छन् ।

मंसिर पहिलो साताबाट डच प्रशिक्षक हान एबिङले २० सदस्यीय टोलीसहित प्रशिक्षण सुरु गरेका थिए । गतसाता १६ सदस्यीय टोली घोषणा गरिएकोमा अन्तिम टोलीमा ४ खेलाडी परेनन् । स्पाइकरद्वय रविन चन्द र धिरज बस्नेतसँगै मिडल ब्लकर दीपकराज जोशी र लिबेरो ईश्वर थापाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । मानबहादुरले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुदमा बिच भलिबल खेल्दा नेपालमै भएको एभीसी सेन्ट्रल जोनमा टोलीमा समावेश रहेका थिएनन् । त्यसयता घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले टोलीमा पुनरागमन गर्न सफल भए । भैरवले आर्मीबाट दोस्रो रोजाइमा रहँदै आए पनि प्रशिक्षणमा राम्रो प्रदर्शन गरेपछि टोलीमा परेका हुन् ।

यस्तै सेटर कृपा अधिकारी र मिडल ब्लकर मनीषा चौधरीले महिला राष्ट्रिय भलिबल टोलीमा पुनरागमन गरेका छन् । संघले १५ सदस्यीय टोलीबाट १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा कृपा र मनीषाले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन् । सेनाको तालिम सकाएसँगै उनी गत वर्षबाट भलिबलमा फर्केकी थिइन् । त्यसयता राष्ट्रिय टोलीको पहिलोपटक प्रशिक्षण हुँदा कृपाले आफ्नो स्थान सुरक्षित गरेकी हुन् । यो बीचमा कृपा र मनीषाले सन् २०१९ मा बंगलादेशमा भएको प्रथम सेन्ट्रल जोन र नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएकी थिइन् ।

यस्तै यसअघिको प्रशिक्षणमा रहे पनि शान्ति थारु र कामना विष्टले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा लक्ष्मी चन्दले पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । राष्ट्रिय टोलीमा नियमित रहेकी निरुता ठगुन्नाले राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । कविता भट्ट र सरस्वती जैसी पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

महिला र पुरुषको च्याम्पियनसिप पुस ६ देखि १४ गतेसम्म बंगलादेशको ढाका आयोजना हँुदै छ । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो । एभीसी सेन्ट्रल जोन महिला तथा पुरुषको भलिबल च्याम्पियनसिप पुस ६ देखि १४ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदै छ । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो । पुरुषतर्फ भने टोली समूह चरणबाट नै बाहिरिएको थियो ।

पुरुष टोली
इमबहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द

महिला टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनीषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख