पौडेल, सिटौला, निधि, सिंह र गच्छदार के गर्छन् अब ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सकिएको छ । तर, परिणाम आउने क्रममै छ । कांग्रेस महाधिवेशनमा सभापतिमा चर्चामा रहेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अन्तिम समयमा मैदानमा उत्रिएनन् ।

पौडेल अन्तिम समयसम्म पनि सभापतिमा आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने प्रयत्नमा लागे । तर, उनको प्रयास सफल भएन । सिटौला अन्तिममा शेरबहादुर देउवा समूहसँग चुनावी तालमेलमा अघि बढे र आफू भने ‘ब्याक’ भए । यी त महाधिवेशनअघिका कांग्रेस राजनीतिका कुरा भए ।

तर, अब महाधिवेशन सकिएपछि भने कांग्रेस राजनीतिमा सक्रिय रहेका ती दुई नेतासहित सभापतिमा पराजीत बनेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, उपसभापतिमा पराजीत विजयकुमार गच्छदारलगायत नेता ‘कसरी अघि बढ्छन् भन्ने चासो छ । नेता पौडेलले भने आफूनिकटसँग राजनीतिबाटै अलग हुने संकेत पनि गर्दै आइरहेका थिए ।

तर, उनीसँग सन्निकट रहेका केहीले उनलाई सो निर्णयबाट रोकिन सुझाएसँगै उनको मुड बदलिएको छ । पौडेल अब कांग्रेसलाई एकताबद्ध गर्ने ढंगबाट अघि बढ्ने मनस्थितिमा पुगेका छन् । उनले पछिल्ला भेटघाटमा आफू निकटकाहरुलाई सोही आसय व्यक्त गर्दै आइरहेका छन् ।

‘उहाँको योजना एकताबद्ध कांग्रेस निर्माणमा अघि बढ्नेतर्फ नै छ, सभापतिको स्वेच्छाचारिता र युवा आवेग रोक्दै कांग्रेसलाई बलियो बनाउनेगरी भूमिकाकमा रहन्छु भन्ने उहाँको आशय छ,’ पौडेलनिकट नेता ताराबहादुर कोइरालाले भने । सिटौलाले भने आफू पहिलेभन्दा झनै सक्रिय राजनीतिमा रहने बताउँदै आइरहेका छन् ।

उनले निर्वाचन परिणामपछिको अवस्था विषयमा भने मुख खोलिसकेका छैनन् । निर्वाचनअघि भने उनले आफूले सडकबाटै सभापतिलाई सहयोग गर्ने र झनै सक्रिय बन्ने बताएका थिए । सभापतिमा पराजित बनेका निधिले पनि कसरी अघि बढ्ने भन्ने विषयमा मुख खोलेका छैनन् । उनी प्रदेश २ को अधिवेशन र जिल्ला अधिवेशन नै बाँकी रहेकाले प्रदेश अधिवेशन र जिल्ला अधिवेशन सकिएपछि थप रणनीति बनाउने तयारीमा रहेको बताइन्छ ।

निधिले पहिलो चरणमा सभापतिमा पराजीत बनेपछि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए । यसैगरी, सभापतिमा पराजित सिंहले भने पार्टीलाई विधिसंगत ढंगबाट चलाउन सभापतिलाई बाहिरै बसेर पनि खबरदारी गर्ने बताए । उनले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए ।

‘पार्टीलाई विधिसंगत ढंगबाट चलाउनुपर्छ, मसँग सभापतिजीको कमिटमेन्ट त्यही छ, त्यसैका लागि बाहिरै बसेर पनि खबरदारी गर्छु, र कांग्रेसलाई बलियो बनाउने दिशामा अघि बढ्छु,’ सिंहले राजधानीसँग भने । त्यस्तै, उपसभापतिमा पराजित बनेका गच्छेदार भने निर्वाचन परिणामपछि निराश छन् ।

उनी २ मतमात्रै कम भएका कारण उपसभापतिमा धनराज गुरुङसँग पराजीत बन्न पुगेका हुन् । उनले समेत आगामी राजनीतिक बाटो ’bout केही खुलाइसकेका छैनन् । यसअघि, महामन्त्री रहेका डा. शशांक कोइराला भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी कांग्रेस राजनीतिमा सक्रिय रहने संकेत त्यसले पनि गर्दछ ।

यसैगरी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजालले भने रक्षामन्त्री पदबाट राजीनामा दिइसकेका छन् । उनले अब राजनीतिमा सक्रिय नरहन पनि सक्ने आशय सञ्चारकर्मीसँग व्यक्त गर्दै आइरहेका छन् । उनले आफ्नो राजीनामा पत्रमा ‘पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएको’ उल्लेख गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 736 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी