यात्रुपथमा बहस शिलान्यास

इन्डिजिनियस मिडिया फाउन्डेसनबाट प्रकाशित तथा कुमार यात्रुद्वारा लिखित ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तकले ‘यात्रुपथ शिलान्यस’ गरेको प्रतीत हुन्छ । फरक धारमा प्रवाहनमा आएको पुस्तक समकालीन लेखन अभ्यासभन्दा पृथक लाग्छ ।

मानव जीवनले जीविका सहज बनाउन आदिमकालदेखि गर्दै आएको अभ्यास र अनुभव अभिलेखिकृत पुस्तकको मूल मर्म ‘आधुनिक विकासका चुनौती परम्परागत आदिवासी ज्ञान पुनप्रयाेग गर्न सकिन्छ’ भन्ने हो । खासगरी, नेपालका आदिवासी जनजातिले अभ्यास गरिरहेको सामूहिक जीवन प्रणाली, प्रथा र परम्परा संरक्षण गर्न पुस्तकले उत्प्रेरणा दिने प्रयास गरेको छ ।

विश्वका ७० देशमा बसोबास गरिरहेका ३७ करोडभन्दा बढी जनसंख्या भएका आदिवासीको विकास र खोज साक्षी उनीहरूको प्रथा परम्परा, संस्कृति र जिविका सञ्चालनका मौलिक तौरतरीका हुन् । तीनै तौरतरीकालाई लेखकले ‘आदिवासी ज्ञान’ भनेका छन् ।

लेखक यात्रु नेपाली पत्रकारिता क्षेत्रमा स्थापित हस्ताक्षर हुन् । पत्रकारिताको लामो अनुभवक्रममा देखेका, भोगेका र सुनेका तथ्य उनले अनुसन्धानात्मक ढंगले पस्केका छन् । ‘आधुनिक राज्य प्रणाली विकास नहुँदै अभ्यासमा आएका त्यसप्रकारका ज्ञानले आदिवासीका पृथक सामाजिक संगठन, सांस्कृतिक चालचलनले आदिवासीय समाज सुव्यवस्थित बनाउन सहयोग गरेको थियो र आज पर्यन्त सहयोग गरिरहेको छ,’ लेखक यात्रु भन्छन् ।

कुल ३ सय २४ पृष्ठको पुस्तकमा ९ अध्याय छन् । इन्डिजिनियस मिडिया फाउन्डेशनका संस्थापक देव कुमार सुनुवारको प्रकाशकीय मन्तव्यबाट सुरु पुस्तकको प्रारम्भमै लेखकले ‘परम्परागत आदिवासी ज्ञानको पृष्ठभूमि र परिचय’ पस्केका छन् । यी दुई परिच्छेदले परम्परागत आदिवासी ज्ञानका आधारभूत जानकारी दिन्छन् ।

लेखकको मान्यताअनुसार ‘परम्परागत आदिवासी ज्ञान व्यक्तिको कुनै चामत्कारिक आविष्कार नभएर क्रमिक विकासको परिणाम’ हो । ‘जीवविज्ञान क्षेत्रमा जसरी संरचना परिवर्तन हुँदै जान्छ, त्यसैगरी आदिवासी ज्ञान क्षेत्र पनि फराकिलो हुँदै जान्छ’ भन्ने उनको बुझाई छ । मानव जातिले जंगली युगबाटै ज्ञान हासिल गरेको लेखकले औंल्याएका छन् । जंगलमा उपलब्ध फलफूल, पशुपंक्षी शिकार गरेर जीवन धान्नु पनि ‘ज्ञान अंश भएको’ यात्रुको ठहर छ ।

समग्रमा परम्परागत आदिवासी ज्ञान पुस्तक पठनीय र संग्रहनीय छ । पुस्तक आदिवासी जनजातिसंग सम्बन्धित भए पनि सबै समुदायको आँखा खोल्ने दस्ताबेज बनेको छ

परम्परागत आदिवासी ज्ञानको पहिलो अध्याय निकै खँदिलो लाग्छ । विभिन्न अन्तर्राष्टिय कानुनले परम्परागत आदिवासी ज्ञानलाई. दिएको मान्यता, यसको अभिलेखिकरण प्रक्रिया र ती प्रक्रियामा नागरिक अधिकार विषय प्रवेश गराइएको छ । यसप्रकारको अधिकार सामूहिक हुने र आदिवासी जनजातिको प्रथाजनित संस्था सक्रिय भएमात्र यी अधिकार दावी गर्न सहज हुने अभिमत लेखकको छ । मूलतः स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपीक) लागू गर्नुपर्नेमा जोड दिएर त्यसअनुकूल कानुन निर्माणमा लेखकले स्पष्ट राय राखेका छन् ।

दोस्रो अध्यायमा ‘जैविक विविधता संरक्षण तथा वातावरणमैत्री आदिवासी ज्ञान’’bout विषद् चर्चा गरिएको छ । यो संरक्षण प्रणाली भने रोचक ढंगले दिइएको छ । शेर्पा समुदायको सिङ्गी नावा, डोल्पोको घापू र ढेपु, तमुको क्रव, याक्थुङ लिम्बूको दृष्टिकोण, मगरको भेजाजस्ता परम्परागत संस्थाको भूमिकालाई वन जंगल तथा जैविक विविधता संरक्षणमा निर्वाहा गरेको परम्परा उजागर गरिएका छन् । यसबाहेक आदिवासी बसोबासस्थलमा वनजंगल संरक्षण गर्ने प्रविधिमा पनि लेखकको ध्यान पुगेको छ ।

अभ्यास ३ मा सरुवा प्रणाली पशुपालन, अर्को अध्यायमा पानीजन्य अभ्यास तथा पाँचौं अध्यायमा परम्परागत अर्थतन्त्र’bout कलम चलेको छ । छैटौं अध्यायमा स्वास्थ्य उपचारमा आदिवासीको प्रचलन र आठौं अध्यायमा परम्परागत कृषि प्रणाली’bout जानकारीमूलक सन्दर्भ जोडिएको छ । पुस्तकमा परेको सातौं र नवौं अध्याय भने जलवायू परिवर्तन संकट न्यून गर्न आदिवासी जुक्तिले ‘कसरी काम गरेको छ ?’ भन्ने अनुसन्धानमूलक सामग्री छ । फरक प्रसंगमा लेखिएका सामग्री पहिलो तामाङ आदिवासीको ज्ञानमा सीमित छ भने अर्को समग्र आदिवासीको ज्ञानस“ग सम्बन्धित छ । दुबै अध्याय अन्यत्र प्रकाशित सामग्री भए पनि पुस्तकमा नयाँ तथ्यसहित ल्याइएको छ ।

लेखकले परिशिष्टका रूपमा चारवटा दस्तावेज पुस्तक अंश बनाएका छन् । जसअन्तर्गत नागोया महासन्धि र यो महासन्धि कार्यान्वयन गर्न नेपाल सरकारले मस्यौदा गरेको कानुन राखिएको छ । यसैगरी, आइएलओ महासन्धि नम्बर १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्रको नेपाली अनुवाद सन्दर्भ सूचिमा समावेश छ । यी दस्तावेजका कारण पुस्तकको विषयबस्तु बुझ्न पाठकलाई सजिलो बनाएको छ ।

समग्रमा परम्परागत आदिवासी ज्ञान पुस्तक पठनीय र संग्रहनीय छ । पुस्तक आदिवासी जनजातिसंग सम्बन्धित भए पनि सबै समुदायको आँखा खोल्ने दस्ताबेज बनेको छ । पुस्तकलाई प्राज्ञिक बनाउन लेखकले विभिन्न सन्दर्भ उद्धरण गर्दागर्दै पनि जानकारीमूलक र तालिम सामाग्रीजस्तो बनेको छ भन्नु अन्यथा नहोला † जे भए पनि नेपाली समाज बुझ्न पुस्तक उपयोगी लाग्छ । पहिचान र परिचयको आन्दोलन चलिरहेको बेला पुस्तकले नयाँ सिराबाट बहस प्रारम्भ गरेको छ । जसले समाज, देशको शिर सधैं उँचो बनाउने विश्वास गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल