सप्तरीकी २२ वर्षिय मनितादेवीले जन्माइन् तिम्ल्याहा छोरा

सप्तरी, राजविराज । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा एक महिलाले तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् ।

सप्तरीको छिन्नमस्ता गोबिन्दपुर निवासी २२ वर्षिया मनितादेवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

शुक्रबार भर्ना भएकी ती महिलाको शनिबार शल्यक्रियामार्फत बच्चालाई जन्म दिएको उपचारमा संलग्न डा. सन्तोष झाले जानकारी दिए ।

डा. झाले भने “शल्यक्रियामार्फत पहिलो पटक यस अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको हो, ।” उनले थपे, “तीनै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

डा. झाले तीनै बच्चा र आमालाई केही दिन अस्पतालकै निगरानीमा राखिने अनि मात्र डिस्चार्ज गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 403 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण