बलात्कार गरे भनेर उजुरी गर्छु भन्दै लाख रूपैयाँ ठग्ने दुई युवती पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दा लगाउने धम्की दिँदै एक लाख नगद ठगी गर्ने  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले ३ मंसिरमा फोन गरी श्रीमानले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भन्दै पीडितका श्रीमतीसँग चार लाख माग गरेकी थिइन । ‘४ लाख नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाइदिन्छु भनी बार्गेनिङ गरी १० मंसिरमा पीडितसँग एक लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेका मध्ये रुबिनालाई १ पुसमा र रहमानलाई २१ मंसिरमा  ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू माथी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार