खुला महिलातर्फ आरजु राणा डेढ सय मतले पछाडि

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन् ।

९ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि छिन् । हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन् ।

दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् । डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन् ।

चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन् । सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।

खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार रातिदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गणना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 439 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता