महिला खुला केन्द्रीय सदस्यमा एकजना बाहेक सबै देउवा प्यानलका विजयी

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । खुला केन्द्रीय सदस्य ९ जना मध्ये एक जना मात्र शेखर कोइराला पक्षले जितेको छ । बाँकी ८ वटा पदमा देउवा पक्षले जितेको छ ।

महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् ।

दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् । प्रधानमन्त्रीसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने